back
CTIZAN AD

चट्याङ लागेर एकै परिवारका चार घाइते

वि.सं.२०७५ वैशाख २४ सोमवार

753 

shares

२४ वैशाख, बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् ।

शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चारजना घाइते भएका छन् ।

घाइते हुनेमा गोरख सार्कीको श्रीमती जुनपुरा सार्की, छोरी रेश्मा सार्की, मीना सार्की छोरा जीवन सार्की र छाया सार्की रहेका छन् । घाइतेमध्ये १३ वर्षका छाया सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।
गम्भीर घाइते छायाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भइरहेको छ भने अन्यको जगन्नाथ स्वास्थ्य चौकीमा भइरहेको छ । खाना खान भनेर बसिरहेको बेला परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । चट्याङका कारण घरभित्र रहेको समानमा क्षति पुगेको छ भने घरको छानो समेत भत्किएको छ ।

शनिबार रातिकै हावाहुरी र असिना पानीले जिल्लाका विभिन्न स्थानको अन्न र तरकारी बालीमा क्षति पुगेको छ । त्रिवेणी नगरपालिकामा असिनाले तरकारी र गहुँबालीमा क्षति पु¥याएको छ ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १६:१० मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...