back
CTIZAN AD

मासुमा आत्मनिर्भर बन्दै किसान

वि.सं.२०७५ वैशाख २४ सोमवार

756 

shares

 

khasi २४ वैशाख, डडेल्धुरा । डडेल्धुरा खसीको मासुमा आत्मनिर्भर बन्दै गएको छ । केहीसमययतादेखि बाख्रापालन गर्ने किसानको संख्यामा वृद्धि भएसँगै डडेल्धुरा खसीको मासुमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्लामा वर्षेनी यहाँबाट ३५ देखि ५० हजार खसी बोका अन्य छिमेकी जिल्लामा बिक्रीका लागि लैजाने गरेको जिल्ला पशु सेवा कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा २० लाख १२ हजार किलो खसी बोकाको मासु उत्पादन भएको पशु विकास अधिकृत खडक शाहले जानकारी दिए ।

जिल्लाको अजयमेरु, भागेश्वर र आलिताल गाउँपालिका तथा पर्शुराम नगरपालिकाका किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेका छन । जिल्ला पशु विकास कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि यहाँका किसान आधुनिक खोर सुधारका साथै बाख्राको नस्ल सुधार गरेर बाख्रापालन गर्न थालेका छन । अहिले खसीको मासु उत्पादनमा वृद्धि हुँदै गएको छ ।

कम लगानी र छोटो समयमा पर्याप्त आम्दानी हुन थालेपछि यहाँका किसान अन्य पशु पालन छोडेर बाख्रापालन गर्न थालेका छन । जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडेसँगै बाख्रापालन गतिलो आम्दानीको स्रोत बनेको छ । डडेल्धुरामा प्रतिकिलो खसीको मासु रु ६०० मा बिक्री हुने गरेको छ । व्यावसायिक रुपमा खसीबाख्रा पालन गर्ने किसानको संख्या वर्षेनी बढ्दै गएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १६:३७ मा प्रकाशित

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...