back
CTIZAN AD

आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण : राजदूत युसुफ

वि.सं.२०७५ वैशाख २४ सोमवार

822 

shares

२४ वैशाख, पोखरा । नेपालस्थित कतारका राजदूत युसुफ बिन महमद अलहेलले आधुनिक कतारको निर्माणमा नेपाली नागरिकको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिडाबारीस्थित बराह माविद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले नेपाली नागरिकले कतारमा पु¥याएको योगदान अविष्मरणीय भएको बताए ।

नेपाली नागरिकको योगदानको कारणले नै नेपाल र कतारबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत युसुफले नेपालको विकासमा कतार सधैँ तयार रहेको बताए ।

कतारमा रोजगारीमा रहेका पाँच लाख नेपाली नागरिकबाट वार्षिक दुई खर्ब डलर विप्रेषण नेपाल भित्रिने गरेको बताउँदै उनले नेपालसँग सहमति भएअनुुसार नेपाल र कतारले वाणिज्य क्षेत्रमा समेत संयुक्त रुपमा काम गर्ने बताए ।

अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै उनले कुनै पनि देशका नागरिकका लागि शिक्षा अपरिहार्य रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतम, अकबल अहमद शाह, अलि मिहान द्रादी, माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

विसं २०२४मा स्थापित बराह माविमा सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षातर्फ भेटेनरी र कृषि विषयको अध्यापन हुँदै आएको छ ।

विद्यालयमा हाल ३७० जना विद्यार्र्थी अध्ययन गर्दै आएको र यो वर्ष विद्यालयले स्वर्ण महोत्सव वर्षका रुपमा मनाएको विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङले जानकारी दिए ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १६:३१ मा प्रकाशित

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...