back
CTIZAN AD

जागिर लगाई दिने नाममा धर्म परिवर्तन गराउन खोज्ने तीन पक्राउ

वि.सं.२०७५ वैशाख २४ सोमवार

807 

shares

२४ वैशाख, काठमाडौँ । महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौँकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जागिर लगाई दिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराउन खोजेएको भन्दै लक्ष्मीले वैशाख २१ गते प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पीडित लक्ष्मीलाई फूलदेवीले जागिर लगाई दिने भन्दै चर्चसम्म पु¥याएकी र चर्चमा सुमित्राले बाइबलको पाठ सुनाउँदै आफ्नो दुवै हात जबर्जस्ती समातेर धर्म परिवर्तन गराउन खोजेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १६:२२ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...