back
CTIZAN AD

शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल निर्माण

वि.सं.२०७५ वैशाख २५ मंगलवार

957 

shares

sulka fata 3२५ वैशाख, भीमदत्तनगर ।  वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ ।

वन्यजन्तुको वासस्थान व्यवस्थापनअन्तर्गत यहाँ चालू आर्थिक वर्षमा ६ वटा ताल निर्माण भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले जानकारी दिएका छन ।

निकुञ्जभित्रको रानी ताल र सालगौडी ताल व्यवस्थापन गरी थप सुविधायुक्त बनाउनसमेत बजेट आएको उनले बताए । निकुञ्जभित्र यसअघि विभिन्न सयमा गरेर करीब एक दर्जन ताल निर्माण भइसकेका छन् । “चालू आवमा ६ वटा ताल खनिँदैछन ।”उनले भने, “कृत्रिम तालका कारण वन्यजन्तुलाई सहज भएको छ ।” शुक्लाफाँटामा प्राकृतिक र कृत्रिम गरी करिब दुई दर्जन ताल छन ।

शुक्लाफाँटाभएर चौधर नदी समेत बग्छ । खडेरीका कारण वन्यजन्तुलाई पानी पिउन समस्या नहोस भनेर ताल थप्ने क्रम जारी छ । आवश्यकताअनुसार निकुञ्जको अण्डैया, लालपानी, बर्कौलालगायत क्षेत्रमा ताल बनाइनुका साथै पानी तान्न ट्युवबेलको प्रबन्ध मिलाइएको छ । ठेक्का प्रक्रियामार्फत हरेक वर्ष यहाँ ताल निर्माण भइरहेका छन ।

“गर्मी मौसममा पानीका मुहान सुक्नाका साथै डढेलोबाट वन्यजन्तु प्रभावित हुने गर्छन्,” घिमिरेले बताए, “अहिले कृत्रिम तालमा पानी भरेर वन्यजन्तुका लागि सहज बनाएका छौँ ।” निकुञ्जभित्रका रानी ताल, बठनिया ताल र बाबा ताल संरक्षणको अभावमा पुरिँदै गएका छन । बजेट अभावले निकुञ्ज प्रशासनले यहाँका प्राकृतिक तालको संरक्षण एवं संवद्र्धन गर्न सकिरहेको छैन ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार १४:१३ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...