back
CTIZAN AD

अनुदानको बीउ उपलब्ध

वि.सं.२०७५ वैशाख २५ मंगलवार

864 

shares

२५ वैशाख, दाङ ।  जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४\७५ का लागि सरकारले उपलब्ध गराएको रु ३९ लाखमध्ये रु सात लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा रु ३२ लाख मौज्दात छ । नयाँ संरचना अनुसार कृषि कार्यालय मातहतका सबै सेवाकेन्द्र स्थानीय तहमा गाभिएपछि पनि सरकारले सहुलियतमा किसानलाई बीउ उपलब्ध गराउन कृषि कार्यालयलाई उक्त रकम उपलब्ध गराएको हो ।

“किसानको मागअनुसार सम्बन्धित स्थानीय तहमा अनुदानको बीउ उपलब्ध गराउँदै आएका छौँ”, उनले भने, “स्थानीय तहमा माग भए, अझै पनि मकै र धानको उन्नत जातको बीउ उपलब्ध गराउन सकिन्छ ।

कार्यालयले सबै स्थानीय तहमा मागअनुसार, गहुँ, मसुरो, मकै र धानका उन्नत जातका बीउ उपलब्ध गराइरहेको छ । किसानलाई ५० प्रतिशत सहुलियत दरमा बीउ उपलब्ध गराउँदै आएको छ । स्थानीय बीउ उत्पादक सहकारी संस्थाले उत्पादन गरेका उन्नत जातका बीउ खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरिँदै आएको छ ।

अहिले स्थानीय तहका कृषि शाखा कार्यालयमार्फत रामपुर कम्पोजिट जातको पहेँलो मकैको बीउ प्रतिकिलो रु ४० मा किसानलाई उपलब्ध गराइँदै आएको छ । विभिन्न जातका धानका बीउ स्थानीय तहका कृषि शाखामार्फत उपलब्ध गराइने शर्माले बताए । अहिले सबै तहमार्फत बीउकोे माग संकलन भइरहेको छ ।

कार्यालयले व्यक्तिगत तथा समूहगत रुपमा फलफूल खेती गर्ने किसानलाई फलफूलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । आँप, लिची, केरालगायत फलफूलका बिरुवाको माग स्थानीय तहमार्फत संकलन भइरहेको छ । दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिका मातहतका कृषि विकास शाखामार्फत उपलब्ध गराइने गरी मागअनुसार बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।

तुलसीपुरमा २० क्विन्टल मकै

तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले जिल्ला कृषि विकास कार्यालयबाट करीब २० क्विन्टल रामपुर डिपोजिट जातको मकैको बीउ पहिलो चरणमा किसानलाई अनुदानस्वरुप उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म करीब १४ क्विन्टल बीउ वितरण भइसकेको छ ।

“छ क्विन्टल बीउ जिल्ला कृषि विकास कार्यालयबाट ल्याइनेछ,” शाखा कार्यालय तुलसीपुरका नायब प्राविधिक सहायक चन्द्रीका घर्तीले जानकारी दिए । स्थानीय तहको बजेटबाट किसानलाई निःशुल्क रुपमा तरकारी बालीका बीउ उपलब्ध गराइएको उनले बताए । कार्यालयले २० क्विन्टल रामपुर कम्पोजिट मकै तथा करिब ४०० किसानलाई बोडी, काँक्रा, भिन्डीलगायत तरकारीका बीउ वितरण गर्ने लक्ष्य लिएको छ ।

समूह र व्यक्तिलाई मकै बीउ आधा अनुदानमा तथा अन्य तरकारीको बीउ निःशुल्क वितरण गरेको कार्यालयले जनाएको छ । प्रतिकिलो रु ४० मा मकैको बीउ १३० जना तथा तरकारीको बीउ ३०० किसानलाई वितरण गरिएको छ ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार १५:०१ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...