
अमेरिकामा रहेका सानुबाबु सिलवालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सामाजिक संजालमार्फत पत्र लेखेका छन् । उनले अमेरिकामा रहेका नेपाली,उनीहरुका समस्या, नेपाली दूतावास तथा वाणिज्यदूतमा केन्द्रीत रहेर लेखिएको पत्र यस्तो छ ।
‘सर्बप्रथम यहालाई बधाई ! परराष्ट्र मन्त्रालय सम्हाल्नु भएकोमा र हार्दिक शुभकामना कार्यकालका लागि र कार्य सफलता सहित ।
हामी फेसबुकमा साथी कहिले देखि भयौ खासै ठ्याक्कै मिति बार त हेक्का भएन, तर यहाका स्टाटसहरु नजिकबाट नियाल्दा यहाको शालिनता, परिपक्वता र सभ्य ब्याक्तित्वको रुपमा मेरा मानसपटमा हरदम खेलिरहन्छ ।
मैले यहाकै निमित्त अमेरिकन समय र महत्वलाइ खर्चेर यहासँग केहि बिचार राख्ने क्रममा मैले मेरो छोटो परिचय पनि शेयर गर्दा सान्दर्भिक होला भन्ने लाग्दछ । किनभने माननीय मन्त्रीजीका नजर यस छोटो लेखमा परोस् भन्ने पनि चाहन्छु । मलाइ बिश्वास छ कि यहाको उपयुक्त समयमा यस लेखमा नजर पर्नेछ ।
म अमेरिकाको नर्थ क्यारोलिनामा बस्दछु । जुन राइट दाजुभाइले हवाइजहाज पहिलोपटक चलाएको ठाउ भन्ने बुझ्दछन धेरैले । आफ्नै ब्यबसायहरु चलाउछु र आफ्नो ब्यबसायिक सफलता सहित अमेरिकी भूमिमा रहेका नेपाली दाजुभाइ दिदिबहिनी, काकाकाकी, बाआमा सबैका निमित्त ‘आफ्नो साहु अर्थात आफ्नो मालिक आफै बनौ, आफ्नो पे चेक आफै काटौ’ भन्ने नारा सहित अनबरत रुपमा आर्थिक स्वतन्त्रताको सन्देश लेख मार्फत उजगार र सम्प्रेषण गर्दैछु ।
शुरुआतका क्रममा मात्र ३ण्ण् जतिको हाराहारीमा रहेका नेपाली ब्यबसायीहरु अहिले झन्डै ८ हजारको हाराहारिमा पुगिसक्यो भन्दा माननीय मन्त्रिजीको मनमष्तिस्कमा खुसि छाउला भन्नेमा बिश्वस्त पनि । यहि आर्थिक स्वतन्त्रता र समुन्नतिमा मेरा आवाजहरु प्रस्फुटित भै रहेका छन । नेपालमा लामै समय पत्रकारितामा बिताए र अमेरिकी भुमिमा अमेरिकन चेम्बर अफ कमर्शको उच्च ओहोदा एडभाइजरी काउन्सिलमा बसेर काम गर्ने अबसर मिल्यो पनि र अहिले हामि नेपाली ब्यबसायीहरुकै छाता सगठन युएस–नेपाल चेम्बर अफ कमर्शको कार्यवाहक सभापतिको रुपमा रहेको छु र निकट भबिस्यमै यसलाइ थप सक्रिय बनाउनेमा हामी उद्दत छौ पनि ।
अब कुराको मुल चुरो तिर लागौ होला । कुनै पनि मन्त्रालयमा आफू प्रबेश पछि त्यस मन्त्रालयको काँटिकुटि बस्तुस्थिति जान्ने र जानकारी मात्रै होइन कि मन्त्रालय, कुटनीतिक प्रक्रिया र अभ्यासलाइ बुझ्नेमा यहाको समय खर्चिरहेको होला भन्ने मात्र लख काटेको छु अहिलेलाइ ।
अमेरिकामा सालाखाला झन्डै ४ लाख नेपालीहरु छन भन्ने जोखाना आकडा छ अहिलेलाइ । अमेरिकाका ५० वटै राज्यमा त नभनौ अधिकाश राज्यहरुमा थोरबहुत नेपालीहरुको प्रतिनिधित्व र जनघनत्व बढ्दै गएको जानकारी गराउन चाहन्छु । न्युयोर्क, क्यालिफोर्निया, डीसि एरिया, बाल्टिमोर, भर्जिनिया, न्युजजर्सि, बोस्टन, कनेक्टिकट, कोलोराडो, नर्थ क्यारोलिना, एटलान्टा, केन्टकी, वाशिङ्गटन, ओरिगन, शिकागो, मिचिगन, मिनेस्टोटा लगायत थुप्रै राज्यहरुमा नेपालीहरु थपिदैछन र बढ्दैछन । अमेरिकी अर्थतन्त्र, रोजगार, शैक्षिक, प्रबिधि, मेडीकल, रिटेलिङ्ग लगायत अमेरिकी सरकारी निकाय र राजनैतिक क्षेत्रमा समेत नेपालीहरुको प्रतिनिधित्व हुदै गएको यहालाइ जानकारी गराउन पाउदा खुशि लागेर आयो । कर तिर्ने, लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र समुच्च अमेरिकी आर्थिक सम्वृद्धि प्राप्त गर्ने नेपालीहरु बढिरहेको शेयर गराउन पाउदा खुशि लागेर आयो ।
कन्सुलर अफिसको अभावमा दुख पाइरहेका नेपाली, राजदूताबासको लार्पवाही, अबब्यस्थापन र हेलचेक्राइपनले हजारौ हजार नेपालीले दुःख भोगिरहेका, नेपालीहरुको बाहुल्यता भएका स्थानमा दूताबासको पहुच नपुग्दा अपुरो र सागुरो बन्दै जान थाल्यो सेवा छिटो तथा आबश्यक सेवा समयमै । नेपाली राजदूत सिह जस्ता छन । नेपालीलाई नेपाली नै गन्दैनन् । फोन गर्दा रेस्पोन्स गर्दैनन् । खाटि हाकिम जस्ता छन र बोल्दा पनि डलर खर्चिनु पर्ने हो कि भन्ने भान परेको छ प्रबास अमेरिकमा जो नेपालीका अभिभाबक हुनसक्थे ।
सर्बप्रथम माननीय मन्त्रिजीको स्टामिना र कन्फिडेण्ट छ र सक्नुहुन्छ भने राजदूत परिबर्तन गरिदिनोस् र पढेलेखेको, साधारण, अनुभवि र सबैसँग मिलेर काम गर्ने राजदूत पठाइदिनुहोला र बर्तमान महान राजदुत जो ओलीको महान दूत र आफन्त ठान्दछन यिनलाइ नेपालतिरै यिनका एनजिओ धान्न फिर्ता बोलाउनु होला । सुन्दैछु मन्त्रिजी भन्दा बर्तमान राजदूत ओलिका पहुचदार हुन ।
राजदुत, प्रथम सचिब पहुचवाला दूताबासका कर्मचारीहरु सुसारे, खाना पकाउने र ड्राइभिङ्गका लागि चालक अमेरिका भित्राउने नाममा मानव तस्करी गर्दैछन भन्ने ब्याप्त छ र दुताबासका सचिबले ड्राइभर भनेर अमेरिका छिराएका मानिस एसालम हालेर बाहिर बसेर ग्रिन कार्ड बनाइसकेको प्रमाण मसङ्गै छ । मन्त्रीजीका लागि प्रमाण आबश्यक परे पठाइदिउला । भुकम्पका लाखौ लाख डलर राजदूतबाट हिनामिना भएको छ र एउटै दल र एउटै गुटका कारण मन्त्री अनुसन्धान गर्न सक्दैनन भन्ने प्रशस्त सुनिएको छ र जुन कुरा माननिय मन्त्रिजीलाइ कानमै पुर्याइदिए मैले ।
अर्को महत्वपुर्ण कुरा डलर र शक्तिका आडमा हजारौ हजार डलर खर्चेर, आफ्नो टाउको कांग्रेस परराष्ट्रमन्त्री भए उसैको प्यारो बन्ने, एमालेको भए उसैको र माओबादिको भए माओबादि बन्ने चलाख चिप्ला जीवनभर महाबाणिज्यदूत पड्काउने र कामका नाममा सिन्को नभाच्ने, अमेरिका जस्तो मुलुकमा बसेर नेपालको बाणिज्यदूत बन्दा फुट्टो अंग्रेजी बोल्न र लेख्न नसक्ने र सधै सत्ता र मालिकको नजिक बसेर सदाबहार बाणिज्यदूत खाइरहने तर काम गर्नै नपर्ने, नेपाली सस्थाका कार्यक्रममा आफै खादा बोकेर जाने र सम्मानित हुने र नेपाली संस्थाकै सेरोफेरोमा बस्नेलाइ किन राख्नुहुन्छ महा बाणिज्यदूत र बाणिज्य दूतहरु । आट र हिम्मत गर्न सक्नुहुन्छ भने अमेरिकामा रहेका काम न काजका अदक्ष दूतहरुलाइ भोलिबाटै बर्खास्त गरि क्षमतावान मानिसहरुलाइ काम जिम्मा दिने तिर लाग्न मेरो सुझाव ।
तपाई परराष्ट्रमन्त्री बनेपछि तपाइका नाम भजाएर बिचौलियाहरुले बिभिन्न मानिसहरुलाइ बाणिज्यदूत, महाबाणीज्य दूत बनाउने लिस्ट तयार गर्दै डलर बार्गेनिङ्ग गर्दै छन भन्ने भरपर्दो सुत्रबाट पत्ता लागेको छ र सचेत हुनुहोला । जसमा राजदूत, प्रबासी मञ्च र बिचौलियाहरु कमाउन उद्दत छन तपाइका नाममा भन्ने सुनिएको छ जुन शेयर गरिदिएको छु । घना नेपालीहरुको बस्तिमा नेपाली कन्सुलेट अफिस राख्ने, निकम्मा राजदूत हटाउने र गतिलो राजदुत ल्याउने, अमेरिकामा भएका सबै बाणिज्यदुतहरुलाई बर्खास्त गर्ने गुणस्तरिय ब्यक्तिहरुलाइ नियुक्त गर्ने, बिचौलियाहरुलाइ निरुत्साहित गर्ने काममा यहाको ध्यान जाओस मन्त्रिजी बदनाम भएको छ बाणीज्यदूत, राजदुत अमेरिकामा । अरु यहाको मर्जि ।’
वि.सं.२०७५ वैशाख २५ मंगलवार १३:५३ मा प्रकाशित


























