back
CTIZAN AD

चलचित्र ‘कुम्भ करण’को अष्ट्रेलिया रिलिज पक्का

वि.सं.२०७५ वैशाख २५ मंगलवार

696 

shares

khumba karna

आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ‘कुम्भ कारण’को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । चलचित्र ‘कुम्भकरण’को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् ।

कुम्भ करणको यस अघि नै सार्वजनिक ‘कुटु कुटु यो मुटु खाने भो’ बोलको गीत चर्चामा रहेको छ ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार १२:१२ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...