Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

दसैंका लागि खाद्यान्न माग



१२ असोज, हुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले हिन्दूको चाडपर्वका लागि खाद्यान्न नभएकाले आपूर्तिमन्त्रीलाई दसैं–तिहारमा सर्वसाधारण जनता, कर्मचारी, व्यापारीलाई खाद्यान्न बिक्री–वितरण गर्नका लागि कोटाको चामल माग गर्ने निर्णय गरेको छ ।

हवाईजहाजबाट आउने खाद्यान्न हप्तामा चार फ्लाइट मात्र आएपछि नेपालगन्ज तथा सुर्खेत विमानस्थलमा नै थन्किएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नैनसिंह रावतले दसँैका लागि आपूर्तिमन्त्रीसँग अनुरोध गरिसकेको जानकारी गराउनुभयो भने उक्त खाद्यान्न तत्काल तीन हजार क्विन्टल चामल आएपछि दसैं–तिहार मनाउन सजिलो हुने प्रस्ट पार्नु भयो । यस वर्ष असारदेखि कुनै पनि कर्मचारी, व्यापारी, जनताले खाद्यान्नसमेत नपाउँदा बजारमा २५ केजीको रु चार हजार तिर्न बाध्य भएका स्थानीय बासिन्दा बताउँछन् ।

दसैं–तिहारका लागि प्रजिअ डा कृष्णबहादुर घिमिरेले अञ्चल, क्षेत्र, विभाग, मन्त्रालयमा दसैं–तिहारका लागि सर्वसाधारण जनतालाई खाद्यान्न बिक्री–वितरणका लागि पत्राचार गरी सकिएको बताउँदै गत वर्ष पनि दसैं–तिहारमा सबैलाई पाँचदेखि १० केजीसम्म वितरण भएको जानकारी दिनुभयो ।

दिसामुक्त क्षेत्र घोषणा गर्न गाविस अगाडि बढे

यसैबीच, हुम्ला जिल्लामा सन् २०१७ सम्म नेपाल सरकारले अधिराज्यभरि दिसामुक्त क्षेत्र घोषणा गर्ने भएपछि हुम्ला जिल्लामा पनि खानेपानी तथा घरघरमा चर्पीयुक्त घरका लागि राष्ट्रिय लक्ष्य अनुसार २३ वटा गाविसले खुला दिसामुक्त घोषणा गरेका छन् । तत्काल गोठी गाविसमा घरधुरी २३४ र रोडीकोट गाविसमा २३३ घरधुरीले चर्पी निर्माण कार्य सम्पन्न गरिसकेका छन् ।

ठेहे गाविसमा असोज १५ गते दिसामुक्त क्षेत्र घोषणा गर्न सात सदस्यीय टोली— राजनीतिक दलका तीन, पत्रकार सातजनाको अनुगमन तथा निरीक्षणका क्रममा आज जाने भएको छ ।

मुचु, डाँडाफया र श्रीनगर गाविसमा छिटोभन्दा छिटो खुला दिसामुक्त क्षेत्र बनाउनमा सबैको सहकार्य, सहमति भएमा उक्त गाविसमा मङ्सिरभित्र सम्पन्न हुने खानेपानी तथा सरसफाइ डिभिजनका कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी गराउँदै हुम्ला जिल्लामा पनि पर्यटकीय हिसाबले सरसफाइ अभियानमा पनि जोड दिनुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ