back
CTIZAN AD

दसैंका लागि खाद्यान्न माग

वि.सं.२०७३ असोज १२ बुधवार

2K 

shares

१२ असोज, हुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले हिन्दूको चाडपर्वका लागि खाद्यान्न नभएकाले आपूर्तिमन्त्रीलाई दसैं–तिहारमा सर्वसाधारण जनता, कर्मचारी, व्यापारीलाई खाद्यान्न बिक्री–वितरण गर्नका लागि कोटाको चामल माग गर्ने निर्णय गरेको छ ।

हवाईजहाजबाट आउने खाद्यान्न हप्तामा चार फ्लाइट मात्र आएपछि नेपालगन्ज तथा सुर्खेत विमानस्थलमा नै थन्किएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नैनसिंह रावतले दसँैका लागि आपूर्तिमन्त्रीसँग अनुरोध गरिसकेको जानकारी गराउनुभयो भने उक्त खाद्यान्न तत्काल तीन हजार क्विन्टल चामल आएपछि दसैं–तिहार मनाउन सजिलो हुने प्रस्ट पार्नु भयो । यस वर्ष असारदेखि कुनै पनि कर्मचारी, व्यापारी, जनताले खाद्यान्नसमेत नपाउँदा बजारमा २५ केजीको रु चार हजार तिर्न बाध्य भएका स्थानीय बासिन्दा बताउँछन् ।

दसैं–तिहारका लागि प्रजिअ डा कृष्णबहादुर घिमिरेले अञ्चल, क्षेत्र, विभाग, मन्त्रालयमा दसैं–तिहारका लागि सर्वसाधारण जनतालाई खाद्यान्न बिक्री–वितरणका लागि पत्राचार गरी सकिएको बताउँदै गत वर्ष पनि दसैं–तिहारमा सबैलाई पाँचदेखि १० केजीसम्म वितरण भएको जानकारी दिनुभयो ।

दिसामुक्त क्षेत्र घोषणा गर्न गाविस अगाडि बढे

यसैबीच, हुम्ला जिल्लामा सन् २०१७ सम्म नेपाल सरकारले अधिराज्यभरि दिसामुक्त क्षेत्र घोषणा गर्ने भएपछि हुम्ला जिल्लामा पनि खानेपानी तथा घरघरमा चर्पीयुक्त घरका लागि राष्ट्रिय लक्ष्य अनुसार २३ वटा गाविसले खुला दिसामुक्त घोषणा गरेका छन् । तत्काल गोठी गाविसमा घरधुरी २३४ र रोडीकोट गाविसमा २३३ घरधुरीले चर्पी निर्माण कार्य सम्पन्न गरिसकेका छन् ।

ठेहे गाविसमा असोज १५ गते दिसामुक्त क्षेत्र घोषणा गर्न सात सदस्यीय टोली— राजनीतिक दलका तीन, पत्रकार सातजनाको अनुगमन तथा निरीक्षणका क्रममा आज जाने भएको छ ।

मुचु, डाँडाफया र श्रीनगर गाविसमा छिटोभन्दा छिटो खुला दिसामुक्त क्षेत्र बनाउनमा सबैको सहकार्य, सहमति भएमा उक्त गाविसमा मङ्सिरभित्र सम्पन्न हुने खानेपानी तथा सरसफाइ डिभिजनका कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी गराउँदै हुम्ला जिल्लामा पनि पर्यटकीय हिसाबले सरसफाइ अभियानमा पनि जोड दिनुभएको छ । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०३:५६ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...