Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

अपाङ्गता भएकालाई सहयोग जारी



१२ असोज,पाँचथर। केही दिनअघि सांस्कृतिक कार्यक्रम गरेर सङ्कलन गरेको रकम इम्बुङका एकै परिवारका अपाङ्गता भएको माङ परिवारलाई प्रदान गरिएको छ ।

अल्फाओमेगा इन्टरनेसलन ट्रेनिङ सेन्टरको आयोजनामा केही दिनअघि पाँचथर सदरमुकाममा रहेको फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न भएको बृहत् सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रकम अपाङ्ग परिवारलाई प्रदान गरिएको हो ।

मङ्गलबार पत्रकारसम्मेलन गरी अल्फाओमेगा ट्रेनिङ सेन्टरका अध्यक्ष जयप्रेम तुम्रोकले अपाङ्ग महिन्द्र तामाङलाई ४० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । केही दिनअघि मात्र १५ हजार प्रदान गरेको र अपाङ्ग परिवारका लागि आफ्नो संस्थाले ५५ हजार रुपैयाँ प्रदान गरेको तुम्रोकको भनाइ छ ।

अनिवार्य आवश्यकता जुटाउनै नसक्ने इम्बुङ–७ कोल्बुङमा एकै परिवारका पाँचजना अपाङ्ग छन् । हर्कवीर तामाङ र धनमाया तामाङका पाँच छोरी र चार छोरा छन् जसमध्ये जेठा छोरा खड्गबहादुर, काइला छोरा महेन्द्र, कान्छो छोरा बद्री, साइली छोरी श्रीमाया र कान्छी तारादेवी गरी पाँचजना अपाङ्ग छन् ।

कान्छी तारादेवी अलि हिँड्न सक्ने भएपनि अरू चारजना बसेको ठाउँदेखि उठ्न नसक्ने अवस्थामा छन् । अपाङ्गलाई सदरमुकाम फिदिम ल्याएर रकम प्रदान गरिएको हो । उनीहरु जन्मजात अपाङ्ग हुन् ।

तामाङ परिवारको कष्टपूर्ण जिन्दगी देखेपछि सांस्कृतिक कार्यक्रम गरेर भएपनि केही रकम प्रदान गरिएको अल्फाओमेगाले जनाएको छ । रकम पाएपछि अपाङ्ग महेन्द्र तामाङले खुसी व्यक्त गर्नुभयो । तर, परिवारका सबैजस्तो अपाङ्ग हुँदा पनि राज्यका तर्फबाट वास्ता नगरिएको महेन्द्रको गुनासो छ । यसअघि फिदिमका समाजसेवी रामप्रकाश समथिङको संयोजकत्वमा उक्त परिवारलाई सहयोग प्रदान गरिएको थियो । समथिङको संयोकत्वमा फिदिमबजारका ४२ जना व्यक्तिले तामाङ परिवारलाई सहयोग गरेका थिए ।

उहाँकै सक्रियतामा तामाङ परिवार बस्ने घर बनाएर सामान्य पसल पनि सुरुवात गरिएको थियो । अहिले पसल बढाएको परिवारकी कान्छी छोरी तारादेवीले बताउनुभयो । इम्बुङका स्थानीयवासी र फिदिमवासीको दुई लाख चार हजार नौ सय १५ रुपैयाँको लगानीमा अपाङ्ग तामाङ परिवारका लागि दुई कोठे घर निर्माण गरिएको थियो ।

इम्बुङका स्थानीयवासीको ७९ हजार दुई सय ५० र फिदिमवासीको एक लाख २५ हजार छ सय ६५ रुपैयाँको लगानीमा उक्त घर बनाइएको हो । सुरुवातमा राससबाट समाचार प्रकाशन तथा प्रसारण भएपछि सङ्घसंस्था तथा व्यक्तिले सहयोग रकम प्रदान गर्न थालेका हुन् । रासस


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन