back
CTIZAN AD

अपाङ्गता भएकालाई सहयोग जारी

वि.सं.२०७३ असोज १२ बुधवार

1.4K 

shares

१२ असोज,पाँचथर। केही दिनअघि सांस्कृतिक कार्यक्रम गरेर सङ्कलन गरेको रकम इम्बुङका एकै परिवारका अपाङ्गता भएको माङ परिवारलाई प्रदान गरिएको छ ।

अल्फाओमेगा इन्टरनेसलन ट्रेनिङ सेन्टरको आयोजनामा केही दिनअघि पाँचथर सदरमुकाममा रहेको फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न भएको बृहत् सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रकम अपाङ्ग परिवारलाई प्रदान गरिएको हो ।

मङ्गलबार पत्रकारसम्मेलन गरी अल्फाओमेगा ट्रेनिङ सेन्टरका अध्यक्ष जयप्रेम तुम्रोकले अपाङ्ग महिन्द्र तामाङलाई ४० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । केही दिनअघि मात्र १५ हजार प्रदान गरेको र अपाङ्ग परिवारका लागि आफ्नो संस्थाले ५५ हजार रुपैयाँ प्रदान गरेको तुम्रोकको भनाइ छ ।

अनिवार्य आवश्यकता जुटाउनै नसक्ने इम्बुङ–७ कोल्बुङमा एकै परिवारका पाँचजना अपाङ्ग छन् । हर्कवीर तामाङ र धनमाया तामाङका पाँच छोरी र चार छोरा छन् जसमध्ये जेठा छोरा खड्गबहादुर, काइला छोरा महेन्द्र, कान्छो छोरा बद्री, साइली छोरी श्रीमाया र कान्छी तारादेवी गरी पाँचजना अपाङ्ग छन् ।

कान्छी तारादेवी अलि हिँड्न सक्ने भएपनि अरू चारजना बसेको ठाउँदेखि उठ्न नसक्ने अवस्थामा छन् । अपाङ्गलाई सदरमुकाम फिदिम ल्याएर रकम प्रदान गरिएको हो । उनीहरु जन्मजात अपाङ्ग हुन् ।

तामाङ परिवारको कष्टपूर्ण जिन्दगी देखेपछि सांस्कृतिक कार्यक्रम गरेर भएपनि केही रकम प्रदान गरिएको अल्फाओमेगाले जनाएको छ । रकम पाएपछि अपाङ्ग महेन्द्र तामाङले खुसी व्यक्त गर्नुभयो । तर, परिवारका सबैजस्तो अपाङ्ग हुँदा पनि राज्यका तर्फबाट वास्ता नगरिएको महेन्द्रको गुनासो छ । यसअघि फिदिमका समाजसेवी रामप्रकाश समथिङको संयोजकत्वमा उक्त परिवारलाई सहयोग प्रदान गरिएको थियो । समथिङको संयोकत्वमा फिदिमबजारका ४२ जना व्यक्तिले तामाङ परिवारलाई सहयोग गरेका थिए ।

उहाँकै सक्रियतामा तामाङ परिवार बस्ने घर बनाएर सामान्य पसल पनि सुरुवात गरिएको थियो । अहिले पसल बढाएको परिवारकी कान्छी छोरी तारादेवीले बताउनुभयो । इम्बुङका स्थानीयवासी र फिदिमवासीको दुई लाख चार हजार नौ सय १५ रुपैयाँको लगानीमा अपाङ्ग तामाङ परिवारका लागि दुई कोठे घर निर्माण गरिएको थियो ।

इम्बुङका स्थानीयवासीको ७९ हजार दुई सय ५० र फिदिमवासीको एक लाख २५ हजार छ सय ६५ रुपैयाँको लगानीमा उक्त घर बनाइएको हो । सुरुवातमा राससबाट समाचार प्रकाशन तथा प्रसारण भएपछि सङ्घसंस्था तथा व्यक्तिले सहयोग रकम प्रदान गर्न थालेका हुन् । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०५:०० मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...