back
CTIZAN AD

नेपाल–भारत मैत्री संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली

वि.सं.२०७३ असोज १२ बुधवार

2.5K 

shares

14494864_10205898612338133_526225109700010815_n

हेटौंडा । नेपाल–भारत मैत्री संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली निर्बिरोध चयन भएका छन् । हेटौंडामा भएको संघको तेस्रो बार्षिक साधारणसभाबाट मैनाली सर्वसम्मत अध्यक्षमा चयन भएका हन् । संघको समितिमा सदस्यहरु राजकुमार जोशी, गंगाप्रसाद पौडेल, प्रविण बर्तौला, सुदीपराज गिरी, विनोदकुमार थापा, बिष्णुकुमार श्रेष्ठ, विषलाल खड्गी, रजनी श्रीवास्तव, प्रकाश खतिवडा, राजेश अग्रवाल र राममान श्रेष्ठसहित १२ जना रहेका छन् ।
मैत्रीसभा तथा निर्वाचन तयारी समितिका संयोजक वविन लिगलका अनुसार पदाधिकारी संघको बैठकले मनोनित गर्नेछ । संघ जिल्ला अध्यक्ष इश्वरप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल–भारत मैत्री संघ केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सरावगीले नेपाल–भारको सम्बन्ध भौगोलिक, धार्मिक, सांस्कृति तथा विभिन्नरुपमा रहेको बताए ।
उनले नेपालको विकासमा भारतको योगदान रहेको बताउँदै नेपालको अहित भारतले कहिल्यै नचाहेको बताए । ‘हाम्रो अहित चिताउनु भनेको भारतको पनि अहित हुनु हो’, केन्द्रीय अध्यक्ष सरावगीले भने । कार्यक्रममा संघ मकवानपुरका संस्थापक अध्यक्ष इश्वरचन्द्र अग्रवाल, नेपाली काँग्रेस जिल्ला सचिव आनन्द कठायत, नेकपा एमाले जिल्ला सहसचिव मीना लामा, नयाँ शक्ति नेपालका राजन मैनाली, नेकपा मालेका भीमसेन महत, अर्वुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, संस्थाका सल्लाहकार केशबप्रसाद अधिकारी, केन्द्रीय सदस्य रणधिरकुमार सिंह तथा केन्द्रीय सल्लाहकार रमाशंकर श्रीवास्तव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्षमा चयन भएका प्रविण मैनालीले संघको विधान अनुरुप सामाजिक कार्यसंगै नेपाल र भारतको सम्बन्ध विकासको निम्ति काम गर्दै जाने बताए साथै मकवानपुर जिल्ला र नेपाल र भारत को हकहित को लागि आफु समर्पित भएर इमान्दारी भएर काम गर्ने कुरा पनि उनले बताए ।

वि.सं.२०७३ असोज १२ बुधवार ०५:०५ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...