back
CTIZAN AD

अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

वि.सं.२०७५ वैशाख २६ बुधवार

714 

shares

२६ वैशाख, भैरहवा । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने गर्दछ । उत्पादित दाना मापदण्डभन्दा कमसल भएपछि कारबाहीका लागि मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालय भैरहवाले जानकारी दिएको छ ।

यस एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दाना काठमाडौँ, पोखरा, चितवन, हेटौँडा, रुपन्देहीलगायतका जिल्लामा जाने गरेको छ ।

देशका विभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहीन देखिएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारी गुणस्तरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको कानूनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवानाका साथै एक वर्षसम्मको कैदको व्यवस्था गरेको छ भने यसै कसूरमा कालोबजारी ऐनअनुसार दुई वर्षसम्मको कैद हुने प्रावधान रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को वैशाखसम्म क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले १० वटा उद्योगलाई गुणस्तरहीन र लेबल बिनाको पाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन उत्पादन गरेको र लेबल नलगाएका २५ वटा उद्योग अनुसन्धानको प्रक्रियामा रहेको कार्यालय प्रमुख हस्तबहादुर राईले जानकारी दिए ।

राईकाअनुसार रुपन्देही, तनहँु र पोखराका उद्योग कारबाहीका लागि मुद्दा दायर गरिएको, दुई दर्जन उद्योग अनुसन्धानको प्रक्रियामा रहेको र बजार अनुगमनलाई तीब्रताका साथ अगाडि बढाइएको छ ।

कार्यालयले रुपन्देहीमा सञ्चालित प्रसिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाइनरी तथा आयल इन्डस्ट्रिज, दुर्गा मोर्डन आयल मिल, साई प्याकेजिङ उद्योगलाई समेत कारबाहीका लागि मुद्दा दायर गरेको खाद्य अधिकृत नीरज कटुवालले जानकारी दिए ।

कार्यालयले सुजल डेरी प्रालि पोखरा र प्रेमबहादुर गुरुङ टेड्रस तनहँुमाथि समेत मुद्दा दायर गरेको छ । रासस

वि.सं.२०७५ वैशाख २६ बुधवार १८:४१ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...