back
CTIZAN AD

खप्तडमा काठमाडौंका लेखकहरु

वि.सं.२०७५ वैशाख २७ बिहीवार

753 

shares

khaptad padam raj joshi२७ वैशाख, काठमाडौं । सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत साहित्यिक, सांस्कृतिक एवम् आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भइरहेको सो महोतसवमा भारत, नेपालका विभिन्न कवि, चिन्तक, योगी एवम् धार्मिक व्यक्तित्वहरुको सभागिता भइरहेको छ ।

त्रिवेणी महास्नान, कवि गोष्ठी, खेचरनाथ अनुष्ठान, ध्यान, योग, सांस्कृतिक प्रवचन, लोक संस्कृतिका अनेक झाँकीहरु प्रदर्शन गरिने उक्त महोत्सवको जेठ १० खप्तडकै पूर्णाप्रति सहित सम्पन्न हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ बताउँछन् ।

‘पर्यटकीय क्षेत्र खप्तडको सौन्दर्य मात्र नभएर यसको धार्मिक महतव उजागर हाम्रो लक्ष्य हो । यसका लागि यो पटक अलिक फरक हिसाबले खप्तड महोत्सवको आयोजना भएको हो’– प्रभातले भने । उनले अरु बताए– ‘भारतबाट आउने पर्यटकले खप्तडका धार्मिक र सांस्कृतिक अनुभूति गर्न सकून ।’

खप्तडको महोत्सवमा सहभागी हुन काठमाडौंबाट युवराज नयाँघरे, जयदेव भट्टराई, गीता कार्की, अश्विनी कोइराला, बाबा बस्नेत, ठाकुर बेलबासे, सन्ध्या पहाडी लगायतका साहित्यकारको सहभगिता हुने प्रतिष्ठानले जनाएको छ । यसै गरी भारतका विभिन्न प्रान्तबाट लब्ध प्रतिष्ठित साहित्यकार एवं सञ्चारकर्मीहरु आउने पनि प्रतिष्ठानले बताएको छ ।

वि.सं.२०७५ वैशाख २७ बिहीवार १०:३३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...