back
CTIZAN AD

दसैँ अगावै संविधान संशोधन –मन्त्री केसी

वि.सं.२०७३ असोज १२ बुधवार

1.5K 

shares

 arjun kc

१२ असोज ,विराटनगर। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दलहरुकै सहमतिमा दसैँ अगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले तयारी सुरु गरिसकेको बताउनुभयो ।

मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्टका मागलाई पूरा गर्न संशोधन आवश्यक रहेको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि मधेसी, आदिवासी जनजातिको मागप्रति सरकार गम्भीर रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “संविधान संशोधन प्रक्रियामा सरकार लागि सकेकाले मधेसी मोर्चालाई धैर्य गरेर पर्खनुपर्ने हुन्छ,”

मन्त्री केसीले तीन तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेकाले निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गर्दै “निर्वाचन नभएमा मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने भएकाले २०७४ माघ भित्रै तीनवटै तहको निर्वाचन सम्पन्न हुनेछ” भन्नुभयो ।

उहाँले पुरानो इलाकामा सबैको सहमति भएकाले यो उपयुक्त विकल्प हुने तर्क पनि प्रस्तुत गर्नुभयो । रासस

वि.सं.२०७३ असोज १२ बुधवार १०:१३ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...