Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

दसैँ अगावै संविधान संशोधन –मन्त्री केसी



 arjun kc

१२ असोज ,विराटनगर। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधनका विषयमा दलहरुसँग छलफल भइरहेको बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दलहरुकै सहमतिमा दसैँ अगावै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारले तयारी सुरु गरिसकेको बताउनुभयो ।

मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि असन्तुष्टका मागलाई पूरा गर्न संशोधन आवश्यक रहेको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि मधेसी, आदिवासी जनजातिको मागप्रति सरकार गम्भीर रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “संविधान संशोधन प्रक्रियामा सरकार लागि सकेकाले मधेसी मोर्चालाई धैर्य गरेर पर्खनुपर्ने हुन्छ,”

मन्त्री केसीले तीन तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेकाले निर्वाचन हुनेमा ढुक्क रहन सबैमा आग्रह गर्दै “निर्वाचन नभएमा मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने भएकाले २०७४ माघ भित्रै तीनवटै तहको निर्वाचन सम्पन्न हुनेछ” भन्नुभयो ।

उहाँले पुरानो इलाकामा सबैको सहमति भएकाले यो उपयुक्त विकल्प हुने तर्क पनि प्रस्तुत गर्नुभयो । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा