back
CTIZAN AD

नर्वेमा गरियो चलचित्र ‘बोबी’ को प्रिमियर सो

वि.सं.२०७५ वैशाख ३१ सोमवार

924 

shares

np1नर्वे । मिलन चाम्सद्वारा निर्देशन गरिएको नेपाली चलचित्र ‘बोबी’ को नर्वेमा रेड कार्पेट प्रिमियर सो सम्पन्न भएको छ ।

सुन्दर देश नर्वेको सुन्दरनगरी ओस्लोको भिका हलमा मई १० बिहिबारका दिनसम्पन्न प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपन सहितको उपस्थितिमा करिब ४०० सय बढी दर्शकको बीचमा उक्त चलचित्रको प्रिमियर सो सम्पन्न गरिएको हो ।

बिष्णु गौतम द्वारा संचालित उक्त कार्यक्रममा उपस्थित दर्शक आयोजक र फिल्मसंग सम्बन्धित सबै पात्र र फिल्मको बारेमा परिचय गराउदै हाम्रो इभेन्ट AS ले खादा लगाई स्वागत  कार्यक्रम पश्चात फिल्म प्रर्दशन गरिएको थियो ।

बास्तबिक जीवनमा आधारित (रियल) स्टोरीमा बनेको फिल्मको प्रिमियर शोमा नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि बाक्लो उपस्थित रहेको थियो ।

मुख्य पात्र कविता गुरुङ र उमेश थापाको रियल लव स्टोरीमा आधारित फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

np2
‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको सो फिल्मलाई उपस्थित दर्शकहरुले निक्कै प्रसंसा गरेका थिए ।

हाम्रो इभेन्ट कम्पनीको ब्यबस्थापनमा नेपाली चलचित्र ‘बोबी’ को विशेष रेडकार्पेट प्रिमिएर सो भएको हो । यो हलमा हलिउडका चलचित्र मात्र प्रदर्शन हुन्छ ।

np3
नेपाली चलचित्र क्षेत्रको इतिहासमा नै पहिलोपल्ट नेपाली चलचित्र क्षेत्रलाई विश्वव्यापी रुपमा चिनाउने अवसर मिलेको छ । आयोजक हाम्रो इवेन्टको ब्यबस्थापनमा प्रिमियर शो देखाएको यो हलमा हाम्रो इभेन्ट युनिटको सक्रियतामा भब्य र सभ्य ब्यबस्थापनले दर्शकहरुको खचा खचले भरिएका थियो ।

सो हलमा उपस्थित दर्शकलाई चलचित्रका निर्देशक मिलन चाम्सले उत्साहित हुदै मिठो मुस्कानको साथमा सबैलाई धन्यवाद दिएका थिए ।

प्रेम, संघर्ष र सफलताको कथा रहेको यस ‘बोबी’ चलचित्रमा कलाकार कविता गुरुङ र उमेश थापा बाहेक बरिष्ठ क्याप्टेन विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

वि.सं.२०७५ वैशाख ३१ सोमवार १०:३३ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...