
म के भनुँ पालुवालार्इ
आउ पलाउ, भूस्वर्गमा
हिँउ पग्लियर गइसक्यो
कति बस्छौ र गर्भमा
जमानाले फेरेकोछ
र्इ-काँचुली तिम्रालागि
हिजो भयौँ हामीहरू
तिम्रा लागि ठाँउ खाली ।
तिमी म र उ मिलेर
बनेकोछ यो समय
मैले छाड्ने निधो नगरे
उ अाउन सक्दैन भरे
आलोपालो, आलोपालो
बोकी नाम अनेक यहाँ
थाम्ने धर्ती हामीले हो
कोही अर्को छैन यहाँ ।
बाजा हामी बनाउने
गाँउनु हामीले नै हो
नेट रङ्गशालामा मिली
नाँच्ने पनि हामी नै हो
न पलाए तिमी हेर
कहाँ वैश पलाउँछ
झरेका पात त्यसैले
पुर्खा सुन्दर नाँउ छ ।
इति
कवि भट्ट नेपाली साहित्य समाज न्यु ह्याम्पसायरका प्रधान सम्पादक हुनुहुन्छ । – सक्पादक
वि.सं.२०७५ वैशाख ३१ सोमवार ०९:४० मा प्रकाशित





























