back
CTIZAN AD

केरा बगानको सफाइ गर्दै किसान

वि.सं.२०७५ जेठ १ मंगलवार

834 

shares

१ जेठ, चितवन ।  एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ ।

पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो । करिब रु ४० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

केरा बगान सफाइ गरिरहेका कालिका नगरपालिकाको– ५ का दीपेन्द्र चौधरी केरा नष्ट भएपछि निकै चिन्तित छन् । खेताला लगाएर बगान सफाइ गरिरहेका थिए उनले भने, “बिक्री गर्ने समयको केरा यसरी क्षतविक्षत हुँदा मन रोएको छ ।” यतिबेला हँसिया र बन्चरोको सहायताले बगान सफाइको काम भइरहेको छ ।

चौधरीको १३ बिगाहा जमिनमा केरा बगान थियो । उनका अनुसार कम्तीमा पनि रु ५० लाखको क्षति भएको छ । दश वर्षदेखि केराखेती गर्दै आएका थिए । चौधरीको परिवारले यसवर्ष बिमा नगरेका कारण झन बढी क्षति व्यहोर्नु पर्ने भएको छ । कालिका नगरपालिकाका किसानमध्ये सबैभन्दा बढी चौधरी परिवारकै क्षति भएको छ । हावाहुरी र असिनाका कारण उठ्नै नसक्ने गरी थला परेको उनले बताउछन् ।

चौधरी हावाहुरीपीडित केरा किसानका प्रतिनिधि पात्रमात्रै थिए । जस्तै धेरै किसान हावाहुरीका कारण प्रभावित भएका छन् । कालिका नगरपालिका– ५ का बाबुलाल चौधरीको पनि लाखौँ रुपैयाँको केरा क्षणभरमै सोत्तर भएको छ । उनले पनि बगान सफाइ गर्ने तयारी गर्दै गर्दा अब केराखेती गर्ने कि नगर्ने टुङ्गो नलागेको बताए ।

असिनासहितको हावाहुरीले जिल्लाको कालिका, रत्ननगर, खैरहनी र भरतपुर महानगरको ठिमुरा क्षेत्रमा ५०० किसानको सयौँ बिगाहा जमिनको केरा नष्ट भएको छ । सानो बिरुवा पनि काम नलाग्ने गरी बिगारेपछि अहिले किसानले सफाइ गर्न थालेका छन् ।

केरा ढलेको एकहप्ता बितिसक्दा पनि किसानले कुनै पनि प्रकारको सहयोग पाएका छैनन । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले हालसम्म प्राप्त विवरण अनुसार रु ४० करोडको केरामा क्षति भएको जानकारी दिए । उनले विवरण आउने क्रम जारी रहेकाले क्षति बढ्न सक्ने बताए ।

जिल्लामा विसं २०५१ देखि व्यावसायिक रुपमा केराखेतीको शुरुवात गरिएको हो । विसं २०५६ देखि जग्गा भाडामा लिएर सयौँ बिगाहामा केराखेती यहाँका किसानले शुरु गरेको पाइन्छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार हाल जिल्लामा करीब तीन हजार बिगाहामा व्यावसायिक केराखेती गरिँदै आएको छ ।

जिल्लामा ६३० किसान केरा व्यवसायी संघमा आबद्ध छन् । वार्षिक ५० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको जिल्लामा यस वर्ष फल राम्रो लागेकाले रु डेढ अर्बको केरा बिक्री गर्ने लक्ष्य लिइएको उनले बताए । असिना र हावाहुरीले आधाभन्दा बढी केरा नष्ट भएकाले रु ६० करोडको केरा पु¥याउन मुस्किल पर्ने तथा केराको अभाव हुने र मूल्य बढ्ने अनुमान गरिएको छ ।

यस वर्ष थोरै किसानले मात्र बीमा गरेका थिए । पन्तका अनुसार १६५ जनाले मात्र बीमा गरेका छन् । यससँगै व्यवसायीले पुनः केरा लगाउने वा नलगाउनेमा अन्योलता बढेको छ । बढ्दो जग्गाको खण्डीकरणका कारण व्यवसाय घट्ने अनुमान भइरहेका बेला हावाहुरीका कारण व्यवसाय थप प्रभावित बनेको छ ।

वि.सं.२०७५ जेठ १ मंगलवार १४:२४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...