back
CTIZAN AD

काज बिदा स्वीकृत नगरिएको भन्दै सङ्घले आपत्ति

वि.सं.२०७५ जेठ १ मंगलवार

672 

shares

१ जेठ, काठमाडौ ।  त्रिभुवन विश्वविद्यालयबाट ‘त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ’का सभापति योगेन्द्रनारायण बडबरियाको लामो समयदेखि काज बिदा स्वीकृत नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ ।
हाल त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत बडबरियाको काजको विषय सामान्य भए पनि बढाइचढाई गरिएको संघको जिकिर छ । संघको कामका लागेका बेला सभापतिले काज बिदा माग्नुभएकामा लामो समयदेखि स्वीकृत हुन नसकेको छैन । प्रजातन्त्रको पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्राध्यापकमाथि केही शक्तिले मानमर्दन गर्न खोजिएको उनिहरुले आरोप लगाएका थिए ।
नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रामेश्वर उपाध्यायले त्रिवि कुलपतिको अस्वस्थताको कारण देखाई विश्वविद्यालयको सभाको बैठक स्थगन गर्नुले प्राज्ञिक गरिमा घटेको बताए । गत वैशाख २३ मा तय भई स्थगित सभामा सभापति बडबरियाको काजको विषय पनि कार्यसूचीमा थियो ।
पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ तथा पापडजस्ता थुप्रै पेशागत संगठनको नेपालमा प्रजातन्त्र स्थापना गर्न प्रमुख भूमिका रहेको बताउँदै प्रजातन्त्र स्थापनापछिका दिनमा पनि ती निकायमाथि प्रहार हुनु शोभनीय होइन बताए ।
त्रिविका पूर्वशिक्षाध्यक्ष डा राममान श्रेष्ठले एउटा संस्थाको अध्यक्षको काजको कुरा उठाउनु अशोभनीय हो भन्दै विश्वविद्यालयको ऐनमा नै काज लिन पाउने व्यवस्था प्रष्ट रुपमा रहेको र प्राध्यापकले पनि त्यसलाई आधार मानेर काज लिने गरेको जिकिर गरेका थिए ।
सभापति बडबरियाले प्राज्ञिक गरिमाका लागि जीवनभर लडेका व्यक्ति आफूमा अवैध तरीकाबाट काज स्वीकृत गराई लाभ लिने मनशाय नभएको जिकिर गरे । रासस

वि.सं.२०७५ जेठ १ मंगलवार १४:४५ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...