back
CTIZAN AD

अझै खुलेन बायोब्रिकेट उद्योेग

वि.सं.२०७५ जेठ १ मंगलवार

735 

shares

१ जेठ, फलेवास, पर्वत ।  कुनैबेला लाखौँ रुपैयाँको लगानीमा सञ्चालन गरिएका बायोब्रिकेट उद्योग अहिले अलपत्र अवस्थामा छ ।

विगत आठ वर्षअघि स्थापना गरिएको जिल्लाको एकमात्र बायोब्रिकेट उद्योग तीन वर्षदेखि बन्द अवस्थामा छ । जंगलमा खेर जाने वनमारा झारको उपयोग गरी खाना पकाउने एलपी ग्यासको विकल्पमा प्रयोग गर्न सकिने बायोब्रिकेट उद्योग उचित बजारको अभावमा बन्द भएको हो ।

विभिन्न गैरसरकारी संस्थाको सहयोगमा स्थानीय सामुदायिक वनले उद्योग स्थापना गरेको भए पनि दिगो रुपमा भने सञ्चालन हुन सकेन । अहिले सो उद्योगका भवन जीर्ण अवस्थामा छन् ।

कुश्मा नगरपालिकाको कालीगण्डकी पातलखर्क छमर्के सामुदायिक वनका उपभोक्ताद्वारा सञ्चालित सो उद्योग अहिले पूर्णरुपमा बन्द छ । दातृ निकायको सहयोगमा सञ्चालित सो उद्योग केही वर्षसम्म सञ्चालनमा आएको थियो । सामुदायिक वन समूहको रु आठ लाखको लागतमा निर्माण गरिएको भवन तथा उद्योगका रु पाँच लाखका उपकरणमा अहिले खिया लागेको छ ।

उद्योगका संस्थापक अध्यक्ष टेकनारायण श्रेष्ठले नयाँ वन समूहका पदाधिकारीले चासो नदेखाउँदा तथा बजार अभावका कारण उद्योग बन्द भएको बताए । उपभोक्ताको आर्थिक उपार्जनको बलियो माध्यम बनेको ब्रिकेट उद्योग सञ्चालनमा आउन नसक्दा स्थानीयवासीको आम्दानीको स्रोत बन्द भएको इलाका वन कार्यालयका प्रमुख चूडामणि बरालले बताएका छन् । सञ्चालनताका करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको सो उद्योगबाट उत्पादित ब्रिकेटले बजार नपाएपछि सञ्चालनमा समस्या आएको हो ।

वि.सं.२०७५ जेठ १ मंगलवार १४:५२ मा प्रकाशित

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...