back
CTIZAN AD

मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

वि.सं.२०७५ जेठ २ बुधवार

678 

shares

futsal

२ जेठ, दाङ । यहाँ मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ ।

पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिस्पर्धा गरेका थिए । युवा संघले निजामती कर्मचारी र पत्रकारले कानून व्यवसायीलाई जितेर फाइनलका लागि यात्रा तय गरेका थिए ।

पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले तीन गोल गरेका थिए । युवा संघ दाङको टोलीमाथि हावी भएको पत्रकारको टोलीका तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कुँवरले एक÷एक गोल गरी पत्रकारको टोलीले सात गोल गरेको थियो । सात गोलले विजयी भएको पत्रकारको टोलीले एउटा खसी उपहार प्राप्त गरेको छ ।

प्रतियोगिता पश्चात बोल्ने वक्ताले युवा सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रुपमा लिन आग्रह गरेका थिए । खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबलले सबैलाई सद्भावको बाटोमा डो¥याउने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमण शर्मा, युवा संघका केन्द्रीय सचिवालय सदस्य मनोहर बुढाथोकीले मन्तव्य व्यक्त गरेका थिए

वि.सं.२०७५ जेठ २ बुधवार १४:२८ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...