back
CTIZAN AD

उपचारका लागि दक्षिण कोरियाबाट सहयोग

वि.सं.२०७५ जेठ २ बुधवार

630 

shares

money1

२ जेठ, मंगलबारे, इलाम ।  इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीले अशक्त र गरीबलाई सहयोग गरेका छन् ।

सूर्योदय सेवा समाज, दक्षिण कोरियाले जिल्लाका तीनजना बिरामीका परिवारलाई रु चारलाख दुईहजार सहयोग गरेको हो । सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका—४ का ऋतिक घिमिरेका लागि नगद रु तीन लाख १० हजार सहयोग गरेको छ ।

सो रकम मंगलबार इलाम सदरमुकाममा भएको एक कार्यक्रमबीच बिरामीका परिवारलाई सेवा समाजका संस्थापक अध्यक्ष हरि खनाल, जिल्ला समन्वय समिति, इलामका प्रमुख गणेश बराल र युद्धप्रसाद वैद्यले हस्तान्तरण गरेका छन् ।

त्यस्तै, इलाम नगरपालिका–५ बरबोटेकी हात आगोले पोलेर उपचाररत निरु राईका परिवारलाई समेत सोही अवसरमा नगद रु ६२ हजार रकम उपलब्ध गराइएको छ । सो रकमसमेत संस्थापक अध्यक्ष खनालसहित इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, इलाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नुतनदेव दुलालले हस्तान्तरण गरे ।

सोही अवसरमा सेवा समाजले सन्दकपुर गाउँपालिका सुलुबुङकी मुटुरोगी निसानी साउदेनका परिवारलाई नगद रु ३० हजार हस्तान्तरण गरेको छ । सो रकमसमेत सेवा समाजका संस्थापक अध्यक्ष खनालसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगु र महासंघका १ नम्बर प्रदेशका उपाध्यक्ष सोमनाथ सुसेलीले हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा ऋतिककै परिवारलाई सञ्चारकर्मी नरेन इलामेलीले संकलन गरेको रु १३ हजार ८५० समेत हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७५ जेठ २ बुधवार १४:४७ मा प्रकाशित

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...