
रिश्मेली मेघराज, २ जेठ, जापान । जापानमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् ।
बाग्लुङ जिल्ला ताराखोला गाउपालिका निवासी हाल जापानको ओसाकामा रहँदै आएकी पुर्ना थापाले मंगलबार आत्महत्या गरेकी हुन् ।
गल्कोट समाज जापान क्षेत्रिय समिति ओसाकाका सचिव तथा एनआरएनए ओशाकाका सहसचिव नर बहादुर थापाकी श्रीमती उनले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । उनले आफ्नै कोठाको ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
हाल थापाको पार्थिव शरीर ( 大阪市平野区瓜破東4-4-146। ) भन्ने ठाउमा राखिएको छ । उनलाई श्रदान्जली दिनका लागि भोलीसम्म राखिने पनि नेपाली एकता समाज क्षेत्रिय समिति ओसाकाले जनाएको छ ।
वि.सं.२०७५ जेठ २ बुधवार १४:४८ मा प्रकाशित






























