back

सार्कको प्रभावकारिताबारे सम्मेलन उद्घाटन

वि.सं.२०७३ असोज १३ बिहीवार

639 

shares
GLOBAL IME AD
NTC AD

१३ असोज, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी छलफलको आज यहाँ उद्घाटन गर्नुभयो ।

दुईदिने सो सम्मेलनमा सङ्गठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलङ्का, भुटान, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान र मालदिभ्सका विधायक, कूटनीतिज्ञ एवम् राजनीतिज्ञहरुले भाग लिइरहनुभएको छ ।

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा पहिलोपटक आयोजित सो सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पाँच विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

सन् २०१४ मा काठमाडौँमा भएको सार्कको अठारौँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । सार्कको आगामी उन्नाइसौँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा तय गरिएको छ । सम्मेलनका क्रममा पाँचजना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग सत्रको अध्यक्षता ग्रहण गर्नुहुनेछ ।

छलफलबाट निस्केका निष्कर्षलाई सार्कको आगामी शिखर सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार ०६:२९ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...