Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

पहिरो गएपछि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक अवरुद्ध



१६ असोज,हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।

आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

आज दिउँसो मौसम अनुकूल भएमा हेटौँडा–कुलेखानी सडकखण्डको पहिरो हटाइ आज अपराह्नसम्ममा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ