Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

अफगान हवाई आक्रमणमा आफ्नै सुरक्षा अधिकारी मारिए



१६  असोज,काबुल । पश्चिमी अफगानिस्तानमा अफगान वायुबलद्वारा भएको हवाई आक्रमणमा पाँच सैनिक र एक प्रहरी अधिकारीको मृत्यु भएको छ । एक सरकारी अधिकारीले शनिबार उक्त जानकारी दिएका छन् ।

अफगान हेलिकप्टरले भूलबस आफ्नै सुरक्षाबलमाथि बमबारी गरेको बताइएको छ ।

अफगानिस्तानको फराह प्रान्तको केनस्क क्षेत्रका तालिवानी आतङ्ककारीसँग झडप र हवाई युद्धमा सहयोग पु¥याइरहेका ती सुरक्षा अधिकारीहरू आफ्नै सहकर्मीहरूले गरेको बमबारीमा मारिएका अफगान प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

गलत निर्देशनका कारण अफगानबलको जाँच चौकीमा दुर्भाग्यबस बमबारी भएको र त्यसमा परी पाँच सैनिक र एक अफगान प्रहरीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । गत महिनामा पनि अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी आठ अफगान प्रहरीको मृत्यु भएको थियो ।

अफगानिस्तानमा १५ वर्षयतादेखि तालिवानविरुद्ध अफगान र नेटो आबद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा सर्वसाधारण र सैनिक मारिने घटना विवादपूर्ण रहँदै आएको छ ।

सार्वजनिक र सरकारीस्तरबाट पनि यसको बारम्बार निन्दा हुँदै आएको भए तापनि तर यस्ता घटना दोहोरिने गरेको छ ।

काबुलको दक्षिण भागमा पर्ने लोगार प्रान्तमा एक सैनिक जाँचचौकीमा गत जुलाइमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी १० अफगान सैनिकको मृत्यु भएको थियो । रासस एएफपी


-->

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण