back
CTIZAN AD

अफगान हवाई आक्रमणमा आफ्नै सुरक्षा अधिकारी मारिए

वि.सं.२०७३ असोज १६ आइतवार

1.2K 

shares

१६  असोज,काबुल । पश्चिमी अफगानिस्तानमा अफगान वायुबलद्वारा भएको हवाई आक्रमणमा पाँच सैनिक र एक प्रहरी अधिकारीको मृत्यु भएको छ । एक सरकारी अधिकारीले शनिबार उक्त जानकारी दिएका छन् ।

अफगान हेलिकप्टरले भूलबस आफ्नै सुरक्षाबलमाथि बमबारी गरेको बताइएको छ ।

अफगानिस्तानको फराह प्रान्तको केनस्क क्षेत्रका तालिवानी आतङ्ककारीसँग झडप र हवाई युद्धमा सहयोग पु¥याइरहेका ती सुरक्षा अधिकारीहरू आफ्नै सहकर्मीहरूले गरेको बमबारीमा मारिएका अफगान प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

गलत निर्देशनका कारण अफगानबलको जाँच चौकीमा दुर्भाग्यबस बमबारी भएको र त्यसमा परी पाँच सैनिक र एक अफगान प्रहरीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । गत महिनामा पनि अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी आठ अफगान प्रहरीको मृत्यु भएको थियो ।

अफगानिस्तानमा १५ वर्षयतादेखि तालिवानविरुद्ध अफगान र नेटो आबद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा सर्वसाधारण र सैनिक मारिने घटना विवादपूर्ण रहँदै आएको छ ।

सार्वजनिक र सरकारीस्तरबाट पनि यसको बारम्बार निन्दा हुँदै आएको भए तापनि तर यस्ता घटना दोहोरिने गरेको छ ।

काबुलको दक्षिण भागमा पर्ने लोगार प्रान्तमा एक सैनिक जाँचचौकीमा गत जुलाइमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी १० अफगान सैनिकको मृत्यु भएको थियो । रासस एएफपी

वि.सं.२०७३ असोज १६ आइतवार ०५:३३ मा प्रकाशित

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...