back
CTIZAN AD

निजी क्षेत्रको सहभागितामा बन्द उद्योग सञ्चालन गरिने

वि.सं.२०७३ असोज १६ आइतवार

1.1K 

shares

 १६ असोज, काठमाडौँ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले हाल बन्द अवस्थामा रहेका सार्वजनिक उद्योगलाई निजी क्षेत्रको सहभागितामा पुनः सञ्चालन गरिने बताउनुभएको छ ।   मन्त्री नियुक्त भएपछि आफूले गरेका कार्य र उपलब्धिका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने अभियानको थालनी नेपाल औषधि लिमिटेडबाट सुरु भइसकेको बताउनुभयो ।   आफू मन्त्री भएपछि सदनबाट सर्वसम्मतरुपले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र विकास ऐन पारित भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसले मुलुकको औद्यौगिक विकासमा सकारात्मक वातावरण बनेको छ ।”

मन्त्रालयले कम्पनी ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको, ७५ जिल्लामा उद्यमी विकासका लागि प्रस्ताव आह्वान गरिएको र अनलाइन निर्देशिका स्वीकृत भएको जनाएको छ ।   हेटौँडा कपडा कारखानाको सञ्चालनको ‘मोडालिटी’ अध्ययन गर्न कार्यदल गठन भइसकेको बताउँदै मन्त्री जोशीले भन्नुभयो, “खानी सल्लाहकार समितिको गठन गरी खनिज अन्वेषण विकास एवम् भूगर्भ अनुसन्धान कार्य तथा नियमावली तथा नीतिमा समसामयिक सुधार गर्न कार्यदल गठन गरेका छौँ ।”   मन्त्रालयले खानी सञ्चालनका लागि अनुमतिपत्र लिने तर काम सुरु नगर्नेलाई अनुमतिपत्र रद्द गर्नेसम्मको कारबाही गर्ने बारेमा गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले विगतका राम्रा कामलाई निरन्तरता दिई नयाँ अभियानका कार्यलाई परिणाममुखी बनाउन समग्र उद्योग प्रशासनलाई सुधार गर्दै लैजाने बताउनुभयो ।   मन्त्रालयले सांसद विकास कोषको केही रकम जिल्लामा उद्यमी विकासका लागि उपयोग गर्ने सम्बन्धमा सरोकारभएका निकायसँग छलफल गरिरहेको जनाएको छ । रासस

वि.सं.२०७३ असोज १६ आइतवार १२:३९ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...