back

निजी क्षेत्रको सहभागितामा बन्द उद्योग सञ्चालन गरिने

वि.सं.२०७३ असोज १६ आइतवार

123 

shares

 १६ असोज, काठमाडौँ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले हाल बन्द अवस्थामा रहेका सार्वजनिक उद्योगलाई निजी क्षेत्रको सहभागितामा पुनः सञ्चालन गरिने बताउनुभएको छ ।   मन्त्री नियुक्त भएपछि आफूले गरेका कार्य र उपलब्धिका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने अभियानको थालनी नेपाल औषधि लिमिटेडबाट सुरु भइसकेको बताउनुभयो ।   आफू मन्त्री भएपछि सदनबाट सर्वसम्मतरुपले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र विकास ऐन पारित भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसले मुलुकको औद्यौगिक विकासमा सकारात्मक वातावरण बनेको छ ।”

मन्त्रालयले कम्पनी ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको, ७५ जिल्लामा उद्यमी विकासका लागि प्रस्ताव आह्वान गरिएको र अनलाइन निर्देशिका स्वीकृत भएको जनाएको छ ।   हेटौँडा कपडा कारखानाको सञ्चालनको ‘मोडालिटी’ अध्ययन गर्न कार्यदल गठन भइसकेको बताउँदै मन्त्री जोशीले भन्नुभयो, “खानी सल्लाहकार समितिको गठन गरी खनिज अन्वेषण विकास एवम् भूगर्भ अनुसन्धान कार्य तथा नियमावली तथा नीतिमा समसामयिक सुधार गर्न कार्यदल गठन गरेका छौँ ।”   मन्त्रालयले खानी सञ्चालनका लागि अनुमतिपत्र लिने तर काम सुरु नगर्नेलाई अनुमतिपत्र रद्द गर्नेसम्मको कारबाही गर्ने बारेमा गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले विगतका राम्रा कामलाई निरन्तरता दिई नयाँ अभियानका कार्यलाई परिणाममुखी बनाउन समग्र उद्योग प्रशासनलाई सुधार गर्दै लैजाने बताउनुभयो ।   मन्त्रालयले सांसद विकास कोषको केही रकम जिल्लामा उद्यमी विकासका लागि उपयोग गर्ने सम्बन्धमा सरोकारभएका निकायसँग छलफल गरिरहेको जनाएको छ । रासस

वि.सं.२०७३ असोज १६ आइतवार १२:३९ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले...

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...