Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

यात्रुबस दुर्घटनामा एकको मृत्यु, दुई घाइते



१६ असोज, हेटौँडा । मकवानपुरको भीमफेदी–८ जुरीखेतमा आज बा ३ ख ५०४ नंको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चित्लाङ–६ का ३३ वर्षीय रामशरण विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । घाइते कुलेखानी–६ की गङ्गामाया थापा र हेटौँडा उपमहानगरपालिका–२ का ३० वर्षिय रवि थापामगरको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

चित्लाङबाट हेटौँडा आउँदै गरेको उक्त बस जुरीखेतको ओरालोमा ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।