back
CTIZAN AD

बलिप्रथालाई नमान्नेहरु भन्छन्–यस्तो प्रथा अज्ञानता र आडम्बर

वि.सं.२०७३ असोज १६ आइतवार

1.1K 

shares

goat2

नारायण ढुंगाना, १६ असोज, रत्ननगर,चितवन । भगवान्लाई खुसी पार्नसके मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वासमा चाडबाडका बेला विभिन्न देशमा बलिप्रथा (पशुबलि) दिने गरिन्छ । महान चाड मानिने दसैँलगायत विभिन्न समयमा पशु बलि दिने चलन छ । तर यस्ता क्रियाकलापबिरुद्ध विरोधका स्वर पछिल्लो समयमा भने बढ्दो छ । रत्ननगरका धार्मिक गुरु तथा टिकौली मन्दिरका उत्तराधिकारी महन्त कृष्णप्रसाद शास्त्री केही धार्मिक गुरुको आडम्बर, अमानवीय स्वार्थ र अज्ञानताका कारण बलिप्रथा चलेको औँल्याउनुहुन्छ ।
हिन्दू शास्त्र सहिष्णु र आदर्शवादी धर्म हो । बलिप्रथाको सन्दर्र्भ जोड्दै शास्त्री चराचर प्राणीलाई अनाहकमा हानि पु¥याउनु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । हिन्दू शास्त्रले बलिलाई स्थान नदिएको उहाँको जिकिर छ । केही मानिस शक्ति प्राप्तिका लागि हिंसामा उद्यत भएको देखिन्छ । कुनै प्राणीलाई क्षति पु¥यायो भने बरु उल्टो श्राप लाग्ने तर कुनै पनि शक्ति र शान्ति प्राप्त नहुने तर्क उहाँको छ ।

विभिन्न शास्त्रले बलि दिनुलाई कुनै कुरा त्याग्नु या आहुति दिनु भन्ने अर्थमा उल्लेख गरेको तर निर्दोष प्राणीको बलि दिन नभनेको प्राध्यापक जगदीशचन्द्र शर्माको भनाइ छ । त्यसैले चाडपर्वको नाममा हुने बलि कुनै पनि हिसाबले स्वीकार्य नहुने बरु आफैँभित्र हुने कुरीति, कुसंस्कार तथा कुविचारलाई त्याग्ने अर्थमा प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । आज आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस पनि हो ।

विश्वभर अशान्ति आतङ्क, हिंसाको क्रम बढ्दै गएको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले २००७ सालमा महात्मा गान्धीको जन्मजयन्ती पारेर आजका दिन विश्व अहिंसा दिवस मनाउन थालेको हो । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसको सन्दर्भलाई कोट्याउँदै चितवन भरतपुरका समाजसेवी केशव अधिकारी पनि काम, क्रोध लोभ, मोह तथा दम्भ जस्ता कुरालाई त्याग्नुपर्ने विषयलाई बलिप्रथासँग जोड्नुहुन्छ ।

ईश्वरलाई खुसी पार्न गरिने कुनै पनि बलि अमानवीय रहेको उहाँको तर्क छ । “सृष्टिका दृष्टिकोणले सबै ईश्वरका सन्तान हुन्, आफ्नै सन्तानको बलि दिएर म खुसी हुन्छु भनेर ईश्वरले कहिल्यै भन्लान् ?” अधिकारीको प्रतिप्रश्न छ । यस्ता कुप्रथा रोकिनुपर्छ ।”

चाडपर्वमा विभिन्न सार्वजनिकस्थलमा बलि दिने कार्य गलत भएकाले यस्तो कार्य रोक्न मागसहित चितवनमा ¥याली र प्रदर्शनसमेत भएको छ । जनस्वास्थ्य तथा पर्यावरणमा समेत बलिप्रथाले प्रतिकूल असर परेको अहिंसावादी अभियानका अभियन्ता जगदीशचन्द्र शर्माको जिकिर छ । बलिप्रथा, काटमार तथा हत्याहिंसाको विरुद्धमा अभियान चलाउँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद्, चितवनशाखाको अगुवाइमा आज अहिंसा दिवसको सन्दर्भमा हरेक कृष्णप्रणामी मन्दिरमा कार्यक्रम भइरहेको शर्मा बताउनुहुन्छ ।

देवीदेवताका मठ मन्दिर र पवित्र स्थानमा निरीह पशुको बलि दिनु सरासर पाशविक कर्म हुने महन्त शास्त्री बताउनुहुन्छ । मन्दिर जहाँ शान्त र स्थिर हुने पवित्र ठाउँ हो त्यहाँ रगत बगाएर कहिल्यै शान्ति नमिल्ने बरु शास्त्रले निरीह पशुलाई होइन मनुष्य भित्रका पशुकर्मको बलि दिनुपर्ने भनेको छ भन्नुहुन्छ उहाँ । स्वास्थ्यका लागि पनि सात्विक खानाको महत्व ठूलो छ । दूध, दही फलफूल तथा सात्विक खाना माछा, मासुभन्दा कयाँै गुणा पौष्टिकयुक्त भएको विज्ञानले समेत पुष्टि गरेको रत्ननगरका जगदीश शर्मा बताउनुहुन्छ ।

पशुपक्षी अधिकारको संरक्षण गर्ने विश्वव्यापी अभियानलाई नेपालमा पनि कार्यान्वयनतर्फ सबैको ध्यान जानुपर्नेमा श्रीकृष्ण प्रणामी युवा परिषद्ले जोड दिएको छ । अभियानकर्मी तिलकराज शर्मा प्राणीको काटमार गर्न रोक लगाउनुपर्ने, सार्वजनिकस्थलनजिक रहेका सम्पूर्ण बधशाला पूर्ण रुपमा बन्द गर्नुपर्नेमा जोड दिनुहुन्छ । रासस

वि.सं.२०७३ असोज १६ आइतवार १३:१० मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...