back

सबै समुदायलाई न्याय हुने गरी संविधान संशोधन हुन्छ – प्रधानमन्त्री

वि.सं.२०७३ असोज १७ सोमवार

102 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

prachanda

१७ असोज,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ ।

संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले भन्नुभयो – “सङ्घीय संरचनामा अन्य विषय आधारभूत रुपमा मिलेकै छ । तर थारु, मधेसी र मगर समुदायको क्षेत्र मिलेको छैन, अलगअलग पर्न गयो । यसलाई संशोधन गर्दा मिलाउने प्रयत्न जारी छ ।”

संविधान घोषणा गर्दा केही विषयहरु छुटेको सबै पक्षलाई अनुभव भएको भन्दै उहाँले आधारभूत रुपमा मिलाइने बताउनुभयो ।

भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताउनुभयो ।

भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधि, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिवासी, जनजातिका प्रथाजन्य कानुनलाई वैधानिकता दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले संविधानमा केही सकारात्मक विषयहरु रहेको भए पनि पूर्ण नभएको भन्दै संशोधनमार्फत भएपनि पछाडि पारिएका क्षेत्रको माग सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आलेमगरले सङ्घीय संरचनामा नेपालका आदिवासी जनजाति समुदायको माग र भावनालाई सम्बोधन गर्नुपर्नेमा आफूहरुले जोड दिएको जानकारी दिुनभयो ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रमुख राजनीतिक दल सम्बद्ध आदिवासी जनजातिका नेताहरु बालुवाटार पुग्नुभएको थियो । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०७:३२ मा प्रकाशित

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भाषा...

सात महिनामा आठ खर्ब व्यापार घाटा,  १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

सात महिनामा आठ खर्ब व्यापार घाटा, १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना...

एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफल जारी

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण...

के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ?

के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री समक्ष ४०...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...