back
CTIZAN AD

काठमाडौँ उपत्यकामा एक लाख पन्ध्र हजार घर सर्वेक्षण

वि.सं.२०७३ असोज १७ सोमवार

1.1K 

shares

१७ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका एक लाख १५ हजार ८०३ घरको सर्वेक्षण भएको छ ।

यही असोज १५ गतेसम्म काठमाडौँमा ५३ हजार १४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६६१ घरको सर्वेक्षण सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले लाई जानकारी दिनुभयो ।

भूकम्प अति प्रभावित उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, गोरखा, धादिङ, रसुवा र नुवाकोट जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएको थियो । काठमाडौँ उपत्यकामा भने ‘भेरिफिकेसन मोडल’(रुजु) बाट घर सर्वेक्षण गरिएको हो । सर्वेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्नेक्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता सुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

लमजुङ, चितवन, खोटाङ, तनहुँ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभामा दसैँपछि तयारी गरी तिहारपछि स्थलगत रुपमा रुजु ढाँचाबाट सर्वेक्षण गरिने निर्देशक लामिछानेले बताउनुभयो ।

“प्रभावित १७ जिल्लाका जिविससँग भूकम्प प्रभावितको सूची सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् माग गरिएको छ, १७ वटै जिल्लामा सर्वेक्षण हेर्न ‘फोकल पर्सन’ तोकिएको छ”– उहाँले भन्नुभयो । रासस

वि.सं.२०७३ असोज १७ सोमवार १२:२८ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...