back

दार्चुलामा सोह्र जनामा हेपाटाइटिसको संक्रमण

वि.सं.२०७५ असार १२ मंगलवार

336 

shares
GLOBAL IME AD
NTC AD

१२ असार, दार्चुला । मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ को संक्रमण देखिएको छ ।

जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ फेला परेको हो ।

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्रप्रसाद भट्टका अनुसार १६ जनामध्ये चार पुरुष र दुई महिला बढी संक्रमित भएका पाइएको छ । उनीहरुलाई जिल्ला अस्पतालमा ल्याई उपचार गरिने डा भट्टले बताए ।

प्रदूषित पानीका कारण सो रोगबाट संक्रमित भएका उनले बताए । मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा तीन दिनसम्म सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो ।

हेपाटाइटिस ‘ए’ र ‘इ’ को संक्रमण देखिएमा शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना खान मन नलाग्ने, आँखा र छाला पहेँलो हुने, पेट दुःख्नुका साथै रुघाखोकीको लक्षण देखिन्छ । रोग लाग्नबाट बच्न हात धुन, खानेकुरालाई राम्ररी पकाएर मात्र खान तथा उमालेको पानी पिउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

वि.सं.२०७५ असार १२ मंगलवार १४:२२ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...