back
CTIZAN AD

फुटवल प्रतियोगितामा एनआरएनए आयरल्याण्ड बिजयी

वि.सं.२०७५ असार १२ मंगलवार

714 

shares

डब्लिन । बेल्फास्टकको ओजोन पार्क मैदानमा भएको एनआरएनए आयरल्याण्ड र नर्दन आयरल्याण्ड बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
(११ ए साइड) मा एनआरएनए आयरल्याण्ड बेल्फास्टसँग ४–२ ले बिजयी भएको छ । एनआरएनए आयरल्याण्डको तर्फबाट पहिलो गोल, कप्तान दीपक कार्कीले गरेका थिए भने बाँकी गोल क्रमस ः सुनिल गौतम, हेम छन्त्याल र प्रदिप काजी श्रेष्ठ गरेका थिए ।
त्यस्तै नेपाली समाज नर्दन आयरल्याण्डको तर्फबाट तेज रेग्मी र गौरव सापकोटाले क्रमस गोल गरेका थिए । एनआरएनए आयरल्याण्डका कप्तान दीपक कार्कीले यो खेलमा एउटा भिन्न र रमाइलो अनुभन भएको बताए ।


कार्यक्रम पश्चात एनआरएनए आयरल्याण्डका अध्यक्ष नवराज कोइराला, पूर्बअध्यक्ष गणेश प्रसाई, कप्तान दीपक कार्कीले संयुक्त रुपमा नेपाली समाज नर्दन आयरल्याण्डको टोली लाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
अध्यक्ष कोइरालाले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिदै कार्यक्रम सम्पन्न गराउन बिशेष भूमिका निर्वाह गर्ने एनआरएनए आयरल्याण्ड का सचिब बिबेक राज सापकोटा, युवा संयोजक प्रविन कोइराला र नेपाली समाज नर्दन आयरल्याण्डका सचिब अब्जन आचार्यलाई बिशेष धन्यवाद दिदै यस्तो कार्यक्रम भविष्यमा पनि गरिरहनु पर्ने बताए । साथै नेपाली समाज नर्दन आयरल्याण्डका अध्यक्ष लिलाराम न्युरेले पनि कार्यक्रम उत्कृष्ट र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको बताउँदै सम्पूर्ण खेलाडीहरुको उच्च प्रदर्शन रहेको बताए । साथैै बरिष्ठ व्यक्तित्वहरु नारायण कंडेल, लक्ष्मण चिमोरिया, बिकाश चुडालको साथमा सम्पूर्ण खेलाडीहरुलाई प्रमाण पत्र र मायाको चिनो हस्तान्तण गरेका थिए ।


एनआरएनए आयरल्याण्डको तर्फबाट खेलाडीहरु दीपक कार्की, रितम ढकाल, मनोज भट्टराई, बिनय थापा, राजेश केसी, हेम छन्त्याल, प्रदिप काजी श्रेष्ठ, रवि बोगटी, बुद्ध महर्जन, राजकुमार प्रसाई ,समिर बस्ताकोटी, सुनिल गौतम, छुल्तिम दोर्जे शेर्पाको सहभागीता थियो ।
त्यसैगरि नेपाली समाज नर्दन आयरल्याण्डको, तर्फबाट खेलाडीहरु अब्जन आचार्य, जीवन आचार्य, गौरव सापकोटा, हिमाल न्युरे, आकाश कंडेल, प्रमोद कंडेल, जनक कंडेल, तेज रेग्मी, अरुण सेडाइ, हरि थापा, मिलन पाठक सागर न्युरे, अमृत आचार्य, बिष्णु छेत्री, आशिस कंडेल, बिशाल आचार्य सहभागी भएका थिए । खेल हेर्नका लागि डब्लिन र बेल्फास्टबाट खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम पश्चात खानपिनको व्यवस्था गरिदिने लक्ष्मण चिमरिया तथा सम्पूर्ण इंडिया गेट रेस्टुरेन्ट परिवारलाई एनआरएनए आयरल्याण्डले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

वि.सं.२०७५ असार १२ मंगलवार १५:३१ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...