back
CTIZAN AD

कसले पुरा गरिदेला द्वन्द्वपीडित राजनको डाक्टर बन्ने इच्छा ?

वि.सं.२०७५ असार १३ बुधवार

741 

shares

१३ असार, सुर्खेत । दैलेखको महाबु गाउँपालिका– ५ गडिगाउँका १५ वर्षीय राजन रिजाल कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड ल्याउन सफल भएका छन् ।

रिजालले दाङको तुलसीपुर उपमहानगरपालिका- १७ स्थित सहिद आवासिय विद्यालयबाट एसइई परिक्षा उत्तिर्ण गरेका हुन् । उनले एसइई परिक्षामा तीन दशमलव ७५ जिपिएसहित अति उत्तम  (ए प्लस) ग्रेड ल्याएका छन् ।

यसपालीको एसइई परिक्षामा उनी सामुदायिक विद्यालयबाट जिल्लामै उत्कृष्ट अंकल््याई उत्तिर्ण भएका हुन् । पारिवारिक र आर्थिक स्थिति कमजोर भएका रिजाल कक्षा ११ मा विज्ञान विषय पढ्न चाहन्छन् ।

“आर्थिक अवस्था कमजोर छ, इच्छा गरेर मात्र पुग्दो रहेनछ,” उनले भने । चिकित्सक बनेर दुर्गम क्षेत्रमा सेवा गर्ने उनले बताउछन् ।

दुई वर्षको उमेरमा आमा गुमाई टुहुरो भएका रिजाल द्वन्द्वपीडित समेत हुन् । रिजालको परिवार २०६१ सालमा दैलेखबाट सुर्खेतको चिङगाड गाउँपालिकास्थित वाल शिशु स्याहार केन्द्रमा बसाइँ सरेको हो ।

विसं २०६६ मा उनी दाङको तुलसीपुर उपमहानगरपालिका– १७ स्थित सहिद आवासिय विद्यालयमा कक्षा २ मा भर्ना भएका हुन् । त्यहाँ उनले निःशुल्क अध्ययन गरे । सोही विद्यालयबाटै एसइई परिक्षा उत्तिर्ण गरेका रिजालको भविष्यमा चिकित्सक बन्ने इच्छा छ ।

“पढाई खर्च जुटाउन धौ धौ भएको छ,” उनका बुबा नविनले भने । नविन हाल दैलेखको पत्रकारितामा सक्रिय छन् । छोराको चिकित्सक बन्ने इच्छा पुरा गराउन उनले विभिन्न निकायसँग हारगुहार गरिरहेकी छन् ।

वि.सं.२०७५ असार १३ बुधवार १७:२३ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...