
दक्षिण कोरियाको किम्हे शहरस्थित कवि, आख्यानकार प्रगति राईको एकल कविता वाचन सम्पन्न भएको छ ।
कार्यक्रम लिटल इन्डिया रेष्टुरेन्टको सभा हलमा इतर आवाज साहित्य समाजले आयोजना गरेको हो । आदिवासी सौन्दर्य, पहिचानको आवाज भन्ने नाराकासाथ कोरियामा इतर आवाज साहित्य समाज स्थापना भएको केही बर्षयता विविध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार, साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व इतर आवाज साहित्य समाजका शीर्ष बिन्दु पराजित पोमु र प्रमुख अथिति प्रगति राई रहनु भएको थियो । विशिष्ट अथितिमा नेसास कोरियाका अध्यक्ष यल्जी बिबश, एनआरएन बुसान शाखाका अध्यक्ष कुबिर लिङ्देन र आदिबासी जनजाती महासंघ बुसान शाखाका अध्यक्ष तपस तामाङ रहनु भएको थियो । अथितिहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधी उपस्थित रहनु भएको थियो ।
कार्यक्रममा इतर आवाजका शीर्षबिन्दु पराजित पोमुले नेपाली साहित्य तथा कविताको बारेमा आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो । राई निर्गराजले इतर आवाजबारे प्रस्टपार्दै शुभकामना मन्तब्य राख्नु भएको थियो ।
एकल कविता वाचनमा राईले सायारेम्मा, किनारामा म, बुद्दत्व, सपनाको आतङ्क, वादी बिज्ञप्ती, बलेसीको दियो, रुख, ढुङगा बोल्यो जस्ता आधा दर्जन कविताहरु वाचन गरेका थिए। सन्जय कौँचा, सकुन आँशु, युबराज न्यौपाने, दिलिप बान्तवा राई, डेनिसा राई, राज कुमार मोक्तान, शुक्र राई, शुस्मा रानाहँछा, चन्द्र लामा अनुराग, सुन्दर गाउले, शिव ढकाल, मात्रीका नेम्बाङ, बियोगी काईला, डम्बर सुब्बा, निर्गराज राई ,कृष्ण किरात, सुरेशसिंह सम्बाहाम्फे र टिपि खनालले पनि आआफ्नो सृजना बाचन गर्नु भएको थियो । नेपालबाट आउनु भएका कवि तथा फिलिम निर्देशक राजकुमार मोक्तानको कविताकृति “म र मेरो देश” लोकार्पणसमेत गरिएको थियो।
कार्यक्रम समाजका केन्द्रविन्दु उत्तम खजुमले सञ्चालन गर्नुभएको थियो ।
वि.सं.२०७५ असार १३ बुधवार २०:१४ मा प्रकाशित





























