Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

चारसय महिला तथा बालबालिका आफन्तको जिम्मामा



१९ असोज,इलाम । माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा भारत हिँडेका ४०० महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ ।

रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा लगाइएको पशुपतिनगरस्थित सो संस्थाको शाखाले जनाएको छ ।
शाखाका कार्यक्रम संयोजक होम ढकालका अनुसार रोजगारीको लागि भारत जान भनि हिँडेका १६ वर्षसम्मका तीन बालबालिका, १८ वर्षसम्मका एकसय ६९ जना र १८ वर्ष माथिका दुईसय ३२ जना महिला रहेका छन् ।

सोही अवधिमा विद्यालय पोसाकमै रहेका १२ बालिकालाई भारतको दार्जिलिङ, सिलिगुढी, मिरिक, सुकियालगायतका स्थानबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी उहाँले दिनुभयो । यसरी विदेशिने ५१ जिल्लाका महिला र बालिका रहेको पाइएको छ ।

खोजी गरिदिन भन्दै आएका निवेदनका आधारमा अझै ठूलो सङ्ख्यामा हराएका बालिका र महिला भेटिएका छैनन् । गरिबी, बेरोजगारी, अशिक्षा, घरेलु ंिहंसा र भूकम्पका कारण इलामसहित नुवाकोट, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाबाट हराएका महिला र बालिकाको सङ्ख्या उच्च रहेको कार्यक्रम संयोजक ढकाल बताउनुहुन्छ । सीमावर्ती क्षेत्रका आठ गाविसमा महिलाकै सक्रियतामा निगरानी समूह बनाएर नियमित गस्तीसमेत गरिरहेको बताइएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ को दुई महिनाको अवधिमा इलामबाट १४ जना हराएकामा तिनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवको भनाइ छ । हराएका महिला खोजी गरिदिन अनुरोध गर्दै प्रहरीमा दिएको उजुरीका आधारमा बर्सेनि १६ देखि ४० वर्ष उमेर समूहका महिला हराउने गरेको पाइएको छ ।

आव ०७२÷०७३ मा जिल्लाबाट हराएका ७६ महिला तथा बालिका अझै पत्तो नलागेको प्रहरीले जनाएको छ । आव २०७१÷०७२ मा एकसय २५ महिला हराएकामा ८६ जना फेला परेपनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । आव २०७०÷०७१ मा एकसय १६ जना हराएकामा ८५ जना भेटिएपनि ३१ जना अझै फेला परेका छैनन् । रासस


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन