१९ असोज,संयुक्त राष्ट्र संघ । संयुक्त अरब इमिरेट्सको बब् अलमन्डेब सामुन्द्रिक क्षेत्रमा एउटा जलपोतलाई गतः १ अक्टोबरका दिन यमनबाट आएका सशस्त्र हुथी बिद्रोहीले आक्रमण गरेकोमा राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शव्दमा भत्र्सना गरेको छ ।
आक्रमणप्रति आक्रोश प्रकट गर्दै रणनीतिक सुरक्षाका दृष्टिकोणबाट महत्वपूर्ण रहेका सामुद्रिक मार्गमा गरिएको यस्ता अमानवीय गतिबिधि तत्काल बन्द नगरे यसलाई गम्भीर चुनौतिका रुपमा लिइने पनि पन्ध्र सदस्य राष्ट्रको सुरक्षा परिषद्द्वारा बुधबार प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ ।
गतः १० अप्रिलमा हुथी विद्रोही र यमन सरकारबीच “युद्ध र वैरभाव विश्राम” सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
समझदारी पत्रमा कुनै पनि पक्षले जल, जमिन तथा हवाई आक्रमण गर्न पाइँदैन । दुबै पक्ष सहमत भै लागू गरिएको सो समझदारी पत्रका सबै शर्तहरु इमान्दारीपूर्वक अक्षरसः पालना गर्नु सबैको कत्र्तव्य रहने तथ्य पनि सुरक्षा परिषद्को सो बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
अस्ट्रेलियामा निर्मित उच्च गतिसहित जलयात्रा गर्ने उक्त पानी जहाज संयुक्त अरब इमिरेट्स सरकारको स्वामीत्वमा रहेको र हाल देशको राष्ट्रिय सेनालाई लिजमा दिई यात्रु तथा सरसामान वसारपसार गर्ने सार्वजनिक प्रयोजनमा सञ्चालन गरिँदै आएकोमा यमनको दक्षिणी सामुन्द्रिक तटवर्ती क्षेत्रमा हुथी सशस्त्र बिद्रोहीले केही दिन अघि निशाना बनाएका थिए ।
जलपोतमा यात्रा गरिरहेका सर्वसाधारण यात्रुहरुलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले तत्काल उद्धार गरेकाले यात्रु तथा चालकदलका सदस्य कोही पनि हताहत हुन भने पाएनन् ।
बिगत १६ महिनादेखि येमनमा बिद्रोही तथा सरकारबीच चलेको द्वन्द गतः १० अप्रिलमा “युद्ध र वैरभाव विश्राम” सम्बन्धि समझदारी पत्र (सेस्सेसन अफ हस्टिलिटिज) मा हस्ताक्षर भएपछि अन्त्य भएको थियो ।
तर, साउदी अरेबियासँग जोडिएका मारीब, अल जाफ्, ताइज जस्ता यमनको सीमा क्षेत्रमा भने उक्त समझदारीका शर्तहरु बारम्बार उल्लङ्घन भएका घटनाहरु सुनिएका छन् । रासस ÷सिन्ह्वा

