Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिका र ईयूद्वारा दक्षिण सुडानलाई युद्धबिरामको पालना गर्न आग्रह



flag-eu-usa

जुवा (दक्षिण सुडान) । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू), बेलायत र पूर्वी अफ्रिकी राष्ट्रहरूको एक समूहले दक्षिण सुडानको सरकार र विद्रोही पक्षलाई युद्धबिरामको पूर्ण पालना गरी स्थायी शान्तिका लागि अघि बढ्न आग्रह गरेका छन् ।

हालै एक विज्ञप्ति जारी गर्दै यहाँ गत जुलाईदेखि व्याप्त युद्धबिराम उल्लङ्घन गर्दै सरकारी तथा प्रतिपक्षीबीच पुनः सुरु भएको द्वन्द्वका कारण सयौँ मानिसले ज्यान गुमाएपछि यस क्षेत्रका विभिन्न मुलुकका साथै ईयू र अमेरिकाले पनि युद्धबिरामलाई पालना गर्न दुवै पक्षलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा दक्षिण सुडानमा पछिल्लो समय देखिएको द्वन्द्वको कुनै अर्थ नरहेको बताइएको छ ।

प्रतिपक्षी नेता रेइक मसार पछिल्लो द्वन्द्वपछि छिमेकी मुलुक सुडान पुगी सरकारसँग प्रतिरक्षात्मक रूपमा आफ्ना गतिविधि बढाउने उद्घोष गरिरहेका बेला यस क्षेत्रका राष्ट्रहरूबाट आएको अपिललाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यसैबीच सुडानी सरकारका प्रवक्ताले आफ्नो देशमा कुनै द्वन्द्व नरहेको भनी प्रतिक्रिया दिनुभएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले