back
CTIZAN AD

अमेरिका र ईयूद्वारा दक्षिण सुडानलाई युद्धबिरामको पालना गर्न आग्रह

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

flag-eu-usa

जुवा (दक्षिण सुडान) । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू), बेलायत र पूर्वी अफ्रिकी राष्ट्रहरूको एक समूहले दक्षिण सुडानको सरकार र विद्रोही पक्षलाई युद्धबिरामको पूर्ण पालना गरी स्थायी शान्तिका लागि अघि बढ्न आग्रह गरेका छन् ।

हालै एक विज्ञप्ति जारी गर्दै यहाँ गत जुलाईदेखि व्याप्त युद्धबिराम उल्लङ्घन गर्दै सरकारी तथा प्रतिपक्षीबीच पुनः सुरु भएको द्वन्द्वका कारण सयौँ मानिसले ज्यान गुमाएपछि यस क्षेत्रका विभिन्न मुलुकका साथै ईयू र अमेरिकाले पनि युद्धबिरामलाई पालना गर्न दुवै पक्षलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा दक्षिण सुडानमा पछिल्लो समय देखिएको द्वन्द्वको कुनै अर्थ नरहेको बताइएको छ ।

प्रतिपक्षी नेता रेइक मसार पछिल्लो द्वन्द्वपछि छिमेकी मुलुक सुडान पुगी सरकारसँग प्रतिरक्षात्मक रूपमा आफ्ना गतिविधि बढाउने उद्घोष गरिरहेका बेला यस क्षेत्रका राष्ट्रहरूबाट आएको अपिललाई अर्थपूर्ण रूपमा लिइएको छ ।

यसैबीच सुडानी सरकारका प्रवक्ताले आफ्नो देशमा कुनै द्वन्द्व नरहेको भनी प्रतिक्रिया दिनुभएको छ । एएफपी

वि.सं.२०७३ असोज २१ शुक्रवार ०३:०६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...