चिसो मौसममा स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्छन् । चिसोमा सावधानी नअपनाउँदा ज्यानै जाने जोखिम समेत हुन्छ । चाहे त्यो न्यानोको लागि अपनाइने उपाय होस् या फेरि खानपानमा भएको लापरवाहीका कारण । त्यसैले चिसोको मौसममा विशेष सतर्कता अपनाउनु पर्छ । जानी राखौँ ख्याल गर्नुपर्ने कुराहरू र खानपान के के हुन्-
चिसोमा स्वास्थ्य खानपान– चिसोको बेला स्वस्थ्य खानपान अति आवश्यक हुन्छ । कतिपय मानिसहरू चिसोमा तातो खानपिनले स्वास्थ्य राम्रो हुन्छ र चिसो भाग्छ भन्ने सोचाइ राख्छन्, तर स्वास्थ्य विज्ञहरू भन्छन् – मौसम अनुसारको खाना नै शरीरको लागि स्वस्थबद्र्धक र हितकर हुन्छ ।
चिसोमा कस्ता फलफूल र तरकारी खाने ?
चिसोको मौसममा घाममा बसेर सुन्तला खानुपर्छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । तर, चिसो मौसममा अन्य त्यस्ता फलहरू पनि छन् जसले शरीरलाई चुस्त दुरुस्त राख्न सहयोग गर्छ ।
अनार
अनार स्वादमा मीठो र रसिलो हुन्छ । अनारको रसमा पाइने एण्टिअक्सिडेन्टले रक्तसंचार सहि तरिकाले हुने र शरीरको प्रतिरोधी क्षमता समेत बृद्धि गर्छ । अनारले क्यान्सर र हृदयरोगको खतराबाट टाढा राख्न समेत सहयोग पु¥याउँछ ।
केरा
केरा पोटासियमको राम्रो स्रोत हो । यसले चिसोको मौसममा रक्तचाप नियन्त्रण गर्न सहयोग पु¥याउँछ । केरामा फाइबर र भिटामिनको मात्रा बढी हुने हुनाले शरीरको प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ ।
अमिला फल
कागती र निबुवा पनि भिटामीन “सी” को राम्रो स्रोत हो । कागती र निबुवा चिसो मौसममा सबै ठाउँमा सहज रुपले पाइने फल हुन् । अमिला फलमा पाइने भिटामीन, फावर र अन्य पोषक तत्व आँखा एवम् हृदय स्वास्थ्यका लागि विशेष सहयोगी हुन्छन् । यसबाहेक यस्ता फलको सेवन गर्नु क्यान्सर रोकथामका लागि पनि सहयोगी हुन्छन् । साथै गाजर, किवी, अंगुर चुकन्दरले पनि चिसो मौसममा शरीरको प्रतिरोधी क्षमता वृद्धि गर्छ ।
हरियो तरकारी
चिसो मौसममा मात्र नभएर हरियो तरकारी मानिसको जीवनमा नभइ नहुने चिजहरू हुन् । स्वस्थ्य जीवनमा मांसहारी भन्दा शाकाहारी हुनु बढी फाइदा हुन्छ । हरिया तरकारी तथा फलफूलको सेवनले आयु बृद्धिमा समेत सहयोग गर्छ । हरियो तरकारी भिटामिन ‘ए’ र ‘सी’ को राम्रो स्रोत हो । हरियो तरकारीमा फोलेट, जुन गर्भवती महिलाहरूका लागि गर्भमा हुर्कँदै गरेको शिशुको दिमाग विकासका लागि आवश्यक हुन्छ । क्याल्सियम हड्डि, दाँत र मांशपेशीको लागि आवश्यक हुन्छ भने भिटामिन ‘ए’ ले आँखाको रोशनी तेज पार्न मद्दत गर्दछ ।
बन्दागोभी
बन्दागोभीमा भिटामीन ‘बी’, ‘सी’, क्यालसियम, फस्पोरस, प्रोटिन तथा जिंक जस्ता पोषक तत्वहरू पाइन्छ । यस्ता पोषकतत्वहरू टाउको दुख्ने समस्या, अल्सरको समस्या र छालाको समस्यामा लाभकारी मानिन्छ । यसले सबै प्रकारका सुनिने समस्याहरू समेत कम गर्छ ।
माछा खानुहोस्
चिसोको मौसममा माछाको सेवन पनि लाभदायक मानिन्छ । माछामा पाइने ओमेगा ३ बोसोयुक्त ‘एसिड’ ले धेरै रोगहरू लाग्नबाट बचाउँछ । माछाको सेवनले हृदयरोगको खतरा समेत कम हुन्छ ।
धेरै पानी पिउनुहोस्
चिसो मौसममा प्राय मानिसहरू कममात्र पानी पिउने गर्छन् । स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा कम्तिमा पनि २ लिटर पानी पिउन जरुरी हुन्छ । चिसो मौसममा प्यास नलाग्नु सामान्य कुरा भएपनि शरीरलाई आवश्यक पर्ने पानी पिउनु पर्छ । चिसो पानी पिउन गा¥हो लागेमा तातो सुप वा हर्वल चिया पिएर पनि शरीरलाई आवश्यक पर्ने पानी पुरा गर्न सकिन्छ ।
हिटरबाट टाढै रहनुस्
तातोको लागि सकेसम्म कृतिम स्रोतबाट बच्नुहोस् । हिटर ताप्नै परे हिटरको तापमान शरीरको अनुकुल राख्नुहोस् । कोठामा बसेर हिटर ताप्दा ख्याल गर्नुहोस् । रातमा हिटर चलाएर ननिदाउनुस् । कृतिम तापमानका कारण तपाईलाई स्वासप्रश्वासको समस्या आउन सक्छ ।