back
CTIZAN AD

चिसोमा स्वास्थ्य सर्तकता

वि.सं.२०७३ असोज २१ शुक्रवार

1K 

shares

cold-day

चिसो मौसममा स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्छन् । चिसोमा सावधानी नअपनाउँदा ज्यानै जाने जोखिम समेत हुन्छ । चाहे त्यो न्यानोको लागि अपनाइने उपाय होस् या फेरि खानपानमा भएको लापरवाहीका कारण । त्यसैले चिसोको मौसममा विशेष सतर्कता अपनाउनु पर्छ । जानी राखौँ ख्याल गर्नुपर्ने कुराहरू र खानपान के के हुन्-
चिसोमा स्वास्थ्य खानपान– चिसोको बेला स्वस्थ्य खानपान अति आवश्यक हुन्छ । कतिपय मानिसहरू चिसोमा तातो खानपिनले स्वास्थ्य राम्रो हुन्छ र चिसो भाग्छ भन्ने सोचाइ राख्छन्, तर स्वास्थ्य विज्ञहरू भन्छन् – मौसम अनुसारको खाना नै शरीरको लागि स्वस्थबद्र्धक र हितकर हुन्छ ।
चिसोमा कस्ता फलफूल र तरकारी खाने ?
चिसोको मौसममा घाममा बसेर सुन्तला खानुपर्छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । तर, चिसो मौसममा अन्य त्यस्ता फलहरू पनि छन् जसले शरीरलाई चुस्त दुरुस्त राख्न सहयोग गर्छ ।
अनार
अनार स्वादमा मीठो र रसिलो हुन्छ । अनारको रसमा पाइने एण्टिअक्सिडेन्टले रक्तसंचार सहि तरिकाले हुने र शरीरको प्रतिरोधी क्षमता समेत बृद्धि गर्छ । अनारले क्यान्सर र हृदयरोगको खतराबाट टाढा राख्न समेत सहयोग पु¥याउँछ ।
केरा
केरा पोटासियमको राम्रो स्रोत हो । यसले चिसोको मौसममा रक्तचाप नियन्त्रण गर्न सहयोग पु¥याउँछ । केरामा फाइबर र भिटामिनको मात्रा बढी हुने हुनाले शरीरको प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ ।
अमिला फल
कागती र निबुवा पनि भिटामीन “सी” को राम्रो स्रोत हो । कागती र निबुवा चिसो मौसममा सबै ठाउँमा सहज रुपले पाइने फल हुन् । अमिला फलमा पाइने भिटामीन, फावर र अन्य पोषक तत्व आँखा एवम् हृदय स्वास्थ्यका लागि विशेष सहयोगी हुन्छन् । यसबाहेक यस्ता फलको सेवन गर्नु क्यान्सर रोकथामका लागि पनि सहयोगी हुन्छन् । साथै गाजर, किवी, अंगुर चुकन्दरले पनि चिसो मौसममा शरीरको प्रतिरोधी क्षमता वृद्धि गर्छ ।
हरियो तरकारी
चिसो मौसममा मात्र नभएर हरियो तरकारी मानिसको जीवनमा नभइ नहुने चिजहरू हुन् । स्वस्थ्य जीवनमा मांसहारी भन्दा शाकाहारी हुनु बढी फाइदा हुन्छ । हरिया तरकारी तथा फलफूलको सेवनले आयु बृद्धिमा समेत सहयोग गर्छ । हरियो तरकारी भिटामिन ‘ए’ र ‘सी’ को राम्रो स्रोत हो । हरियो तरकारीमा फोलेट, जुन गर्भवती महिलाहरूका लागि गर्भमा हुर्कँदै गरेको शिशुको दिमाग विकासका लागि आवश्यक हुन्छ । क्याल्सियम हड्डि, दाँत र मांशपेशीको लागि आवश्यक हुन्छ भने भिटामिन ‘ए’ ले आँखाको रोशनी तेज पार्न मद्दत गर्दछ ।
बन्दागोभी
बन्दागोभीमा भिटामीन ‘बी’, ‘सी’, क्यालसियम, फस्पोरस, प्रोटिन तथा जिंक जस्ता पोषक तत्वहरू पाइन्छ । यस्ता पोषकतत्वहरू टाउको दुख्ने समस्या, अल्सरको समस्या र छालाको समस्यामा लाभकारी मानिन्छ । यसले सबै प्रकारका सुनिने समस्याहरू समेत कम गर्छ ।
माछा खानुहोस्
चिसोको मौसममा माछाको सेवन पनि लाभदायक मानिन्छ । माछामा पाइने ओमेगा ३ बोसोयुक्त ‘एसिड’ ले धेरै रोगहरू लाग्नबाट बचाउँछ । माछाको सेवनले हृदयरोगको खतरा समेत कम हुन्छ ।
धेरै पानी पिउनुहोस्
चिसो मौसममा प्राय मानिसहरू कममात्र पानी पिउने गर्छन् । स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा कम्तिमा पनि २ लिटर पानी पिउन जरुरी हुन्छ । चिसो मौसममा प्यास नलाग्नु सामान्य कुरा भएपनि शरीरलाई आवश्यक पर्ने पानी पिउनु पर्छ । चिसो पानी पिउन गा¥हो लागेमा तातो सुप वा हर्वल चिया पिएर पनि शरीरलाई आवश्यक पर्ने पानी पुरा गर्न सकिन्छ ।
हिटरबाट टाढै रहनुस्
तातोको लागि सकेसम्म कृतिम स्रोतबाट बच्नुहोस् । हिटर ताप्नै परे हिटरको तापमान शरीरको अनुकुल राख्नुहोस् । कोठामा बसेर हिटर ताप्दा ख्याल गर्नुहोस् । रातमा हिटर चलाएर ननिदाउनुस् । कृतिम तापमानका कारण तपाईलाई स्वासप्रश्वासको समस्या आउन सक्छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:५४ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...