समयसँगै मानिस दौडिरहेको हुुन्छ । जहाँ पुग्छ समय बितिसक्यो भन्दै उ पनि दौडिनै रहन्छ । समयको दौडाइ सँधै एउटै हुने भएपनि मानिसको गति सँधै एकनाश हुँदैन । मानिसले आफ्नो छोटो आयुलाई आफैले बढाउन सक्नु पर्दछ, त्यसको लागि शरीरको स्वास्थ्यको विशेष ख्याल गर्न जान्नु पर्दछ । आउनुहोस जानौँ, जिन्दगीको भागदौडसँगै आफ्नो शरीरको स्वास्थ्य व्यवस्थापन गर्नका लागि के गर्नु पर्दोरहेछ त ?
बिहान ६ बजे नै उठ्ने बानी
स्वस्थ्यका लागि बिहानै ६ बजे उठ्नु राम्रो हुन्छ । विशेष गरी हाम्रो शरीरका अंगहरूले सुर्यको किरणको आधारमा प्रतिक्रिया दिने गर्दछ । त्यसकारण बिहानै चाँडो उठ्नाले शरीर स्वस्थ्य रहन्छ ।
निद्रा पुरा गर्न जरुरी
तपाई सुत्दा सुत्नकै लागि मात्रै सुतेको नभएर शरीरलाई आवश्यक आराम र दिमागलाई पनि आराम चाहिन्छ, त्यसैले आरामले निदाउने गर्नुहोस् । यसरी निदाउँदा व्यक्तिको वजन नियन्त्रण हुने र छालाको सौन्दर्यता पनि चमचाउने हुन्छ ।
नियमित व्यायाम गर्नुहोस्
तपाई फिट र स्वस्थ्य रहनका लागि दैनिक व्यायाम गर्न जरुरी छ । तपाईले घरमै बसेर योगा गर्नुहोस् या मर्निङवाक जाने बानी गर्नहोस् । मर्निङवाक जाने बानीले तपाईको शरीरमा ब्लड सर्कुलेसन सही तरिकाले हुने र अतिरिक्त बोसो कम हुन्छ । तपाईंको अनुहारको ताजगी पनि रहिरहन्छ ।
मेडिटेशनको लागि समय निकाल्नुहोस् ः मेडिटेशनको लागि दिनहुँ १०–१५ मिनेट समय दिनुहोस् । १५ मिनेटको मेडिटेशनले तपाईलाई तनाबबाट टाढा राख्न सहयोग गर्छ । यसले हर्मोन सन्तुलन राख्न सहयोग गर्छ । ब्लड प्रेशर सामान्य राख्न सहयोग गर्छ ।
ग्रीन टीकोे बानी बनाउनुहोस्
स्वस्थ्य र स्फुर्तिको लागि दूधको चिया भन्दा ग्रीन टी पिउने बानी गर्नुहोस् । ग्रीन टिले इनर्जी दिनुका साथै स्वास्थ्यलाई फाइदा गर्ने र मोटोपन घटाउन सहयोग गर्छ ।
चिसो पानीले नुहाउनुहोस
चिसो मौसममा बाहेक अन्य बेला नुहाउँदा चिसो पानीकै प्रयोग गर्दा उत्तम हुन्छ । तपाईंले नुहाउने क्रममा लामो समयसम्म तातो पानीको प्रयोग गर्नुभयो भने यसले छालामा रुखोपन ल्याएर छालाको चमकता हराउँछ । चिसो पानीले नुहाउँदा शारीरिक स्फूर्ति पनि बढ्ने गर्दछ ।
ब्रेकफास्ट लिने बानी गर्नुहोस
दिनहुँ बिहानको ब्रेक फास्ट लिन कहिल्यै पनि नबिर्सनुहोस् । तपाईको दिनको सुरुवात हेल्दी ब्रेकफास्टबाट गर्नुहुन्छ भने तपाईलाई दिनभरी कामबाट हुने तनावबाट टाढा राख्न मद्दत गर्छ । साथै दिमागलाई तेज बनाउन सहयोग गर्छ । बिहानको ब्रेक फास्टले विभिन्न प्रकारका गम्भिर रोग लाग्नबाट समेत बचाउँछ ।
रातको १० बजेनै सुत्ने बानी गर्नुहोस्
यदि तपाईं रातको १० बजे नै सुत्ने बानी गर्नुभयो भने यसले तपाईको स्वास्थ्यको लागि मात्रै नभएर भोलीको लागि लामो दिन पाउनु हुनेछ । राती समयमा नै सुत्ने बानी गर्नुभयो भने बिहान चाँडै उठिने र दिनभरीमा धेरै काम गर्न सकिन्छ । तपाई आज जति बेर सुत्ने गर्नुहुन्छ भोली त्यति नै तपाईंको दिन छोटो हुने र गर्नुपर्ने काम बाँकी रहेको पाउनु हुन्छ ।
वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:४३ मा प्रकाशित