back
CTIZAN AD

यसरी गर्नुस् जीवन परिवर्तन

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.9K 

shares

change-your-life

कहिले काहिँ लाग्छ जीवन कहाँ रोकिएको छ ? किन रोकिएको छ अनि जीवनको गतिमा के मिलिरहेको छैन ? हामी यस्तै सोँचाइमा डुब्ने गर्छौ । यद्यपी जीवनलाई सहि गति दिन हामीले आफ्नो सोँचमा पनि परिवर्तन ल्याउन जरुरी हुन्छ । नआत्तिनुस स–साना बानीहरू परिवर्तन गरेर जीवनलाई नयाँ दिशा दिन सकिन्छ । त्यसैले आउनुस जानौँ जीवनमा आफूलाई शसक्त बनाइ रहनका लागि के गर्ने ?
सुख दुःख नै जीवन हो– समय सदैव एकै रहदैँन । समयको रफ्तारसँगै जीवन कहिले घाम कहिले छायाँ अनि कहिले सुख त कहिले दुःख हुँदै अगाडि बढिरहेको हुन्छ । जब जिन्दगी सुखमा बितिरहेको हुन्छ तब हामीलाई यो थाहा हुँदैन की समय कसरी बित्यो ? तर, जब दुःखका दिनहरू आउँछन तब हामीलाई प्रत्येक पलले कमजोर र निराश बनाइदिन्छ । दुःखको समयमा यस्तो लाग्छ अब जीवन नै सकिनेछ । यस्तो बेलामा तपाईमा धैयता हुन आवश्यक हुन्छ । तपाई यस्तो समयमा निराश नहुनुस । सुख दुःख जीवनको नियम नै भएको हुनाले दुःखलाई अँगालेर हिम्मत साथ अगाडि बढ्नुहोस । रात पछि सुनौलो बिहान आएजस्तै तपाईंको जीवनमा फेरि सुखको समय फर्केर आउने छ ।
आफैलाई विश्वास गुर्नहोस्– मनबाट कठोर शब्द, रिस, प्रतिकार र बदलाको भावना हटाउनुहोस । यस्तो निर्णय गर्नुहोस की जिन्दगीमा चाहे जस्तोसुकै समय आओस त्यसलाई पार गर्दै अगाडि बढ्ने छु चाहे त्यो जीवनको दुःखभरी बाटोमा मन चुम्ने काँडा नै किन नहोस् । आफूभित्र क्षमाको भावना ल्याउनुहोस् । क्षमा गर्नुलाई अति संवेदनशील मानिन्छ । तर, यसले तपाईंलाई मनमा भएको उकुसमुकुसबाट टाढा राखिदिन्छ । यसले तपाईंलाई शसक्त बनाउँछ ।
क्षमा दिने र क्षमा माग्ने गर्नुहोस्– तपाईंले साँेचेजस्तो काम भएन भनेर आखिर तपाईंं कति दिनसम्म दुःखी बन्नुहुन्छ ? त्यसलाई आफ्नो मनमा धेरै समय नराख्नुहोस् । त्यसले तपाईंलाई नै बढी दुःखी बनाउँछ । त्यसकारण सबैभन्दा राम्रो, क्षमा दिने बानीको विकास गर्नुहोस् । यसले तपाईंमा भएको पीडा कम गर्छ । साथै तपाईंबाट कुनै गल्ती काम हुन्छ भने पनि क्षमा माग्नुहोस् । क्षमा मागेर तपाईं सानो बन्नुहुन्न, यस्तो गर्नाले समाजमा तपाईंको मान सम्मान अझै बढ्नेछ । गल्तीमा क्षमा नमाग्ने हो भने सानो कुरा ठूलो बन्दै जान्छ र त्यसले एकअर्कामा बैरभाव जन्माइदिन्छ ।
जे भयो त्यसलाई बिसर्नुस – हामी सबैले प्राय भोलिको भविष्यको सुखद् चित्र बनाएका हुन्छाँै । त्यसमा धेरै कुरा राम्रो होस् र सुख होस् भन्ने चाहना राख्छौँं । तर, वास्तविक जिन्दगी सोँचेको भन्दा फरक हुन्छ । हामी त्यसमा दुःख र समस्याले घेरिइरहेका पनि हुन्छौँं । यस्तो परिस्थितिबाट बच्न हामी भोली र पर्सि नभनेर आजमा बाँच्न सिक्नु पर्दछ । तपाईं आज दुःखमा पनि हाँसी खुसी रमाउन सिक्नुभयो भने भोलीको दिन आफै राम्रो बन्दैै जानेछ ।
मेडिटेशन या प्रार्थना गर्नुहोस् – हरेक दिन आफ्नो भित्री मनलाई खुल्ला सास लिन दिनुहोस् । केही क्षण मौन रहनुहोस् । मनभित्र गहिरीएर हेर्नुहोस् । यदि तपाईं मेडिटेशन गर्नु हुन्छ भने मनको भित्री कुनामा निराशा र उदासीले घर बनाएको छ भने त्यहाँ आशा र उम्मीद पलाउँछ । मेडिटेशन र प्रार्थनाले तपाईंको अन्तरमनमा ताजगी र नयाँपनको महशुस हुनेछ । त्यसले तपाईंको हरेक दिनलाई उत्साहित बनाइदिन्छ ।
– एजेन्सी

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:३५ मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा...

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र...