Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

किताब र स्वास्थ्य



healthbook

किताब नियमित पढ्ने बानी स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । नियमित रुपमा पढ्नु भनेको ज्ञान हासिल गर्नुमात्र नभएर धेरै प्रकारका स्वास्थ्य समस्याबाट बच्नु पनि हो । पढ्नु दिमागको लागि राम्रो हुन्छ । रातमा सुत्नु भन्दा पहिले किताब पढ्ने बानीले निद्रा राम्रो लाग्छ । अल्जाइमर जस्ता भुल्ने बिमारबाट टाढा भइन्छ । आउनुहोस् जानौँ किताब पढ्नाले के के फाइदा हुँदा रहेछन त ?
के भन्छन् विज्ञहरू ?
स्कटल्याण्डमा भएको एक अनुसन्धानबाट पत्ता लागे अनुसार नाच्न, पढ्न र नाटक हेर्न मन पराउने मानिसहरूको स्वास्थ्य अत्यन्तै राम्रो पाइएको छ । अनुसन्धान अनुसार जसले १ वर्ष देखि निरन्तर पुस्तकालयमा किताव पढेको छ उनीहरूको स्वास्थ्य किताव नपढ्ने भन्दा २० प्रतिशत राम्रो पाइएको छ । अनसन्धानले यो पनि बताए अनुसार जसले पढ्नुलाई आफ्नो सोख मानेका छन् उनीहरूको स्वास्थ्य ३३ प्रतिशत राम्रो रहेको छ । त्यस्तै किताब पढ्ने बानीले व्यक्तिको लक्ष्य निर्धारण गर्न मद्दत गर्दछ । ज्ञानको स्तर बढाउनुका साथै व्यक्तिको तार्किक क्षमताको बृद्धि हुन्छ । त्यसैले आजैदेखि राम्रा किताबहरू पढ्ने बानी बसालौँ ।
खुसीले दिन बिताउनुस् :- कहिलेकाहिँ तपाई खाली हुनुहुन्छ भने कुनै राम्रो जीवनपयोगी किताब पढ्ने बानी बसाल्नुहोस् । किताब पढ्नाले तपाईलाई दिन गएको पत्तै हुँदैन र ज्ञान गुणको कुरा पनि सिक्न पाइन्छ ।
आनन्दस“ग सुत्नुहोस् – सुत्नुभन्दा अगाडि अबेरसम्म टिवी हेर्ने र कम्प्युटरमा काम गर्ने बानीले तपाईंको निद हराउँदै जाने डर हुन्छ । तर, सुत्नु भन्दा पहिले किताब पढ्ने बानी बसाल्नु भयो भने तपाईंलाई मिठो निद लाग्नेछ । त्यसकारण सुत्नु भन्दा पहिले किताबको पाना पल्टाउन नभुल्नुहोस् ।
किताब पढ्दाको फाइदा :-
स्मरणशक्ति बढ्छ :- पढ्ने मानिसहरूमा स्मरण शक्ति बढ्दै जान्छ । टिवी हेर्ने र कम्प्युटरमा बस्ने व्यक्तिभन्दा पढ्ने व्यक्तिहरूको दिमाग तेज हुन्छ । यसका साथै पढ्ने व्यक्तिहरूको सोच्ने र सम्झने क्षमता बढी हुन्छ ।
अल्जाइमरबाट बचाउ“छ :- अल्जाइमर एक प्रकारको दिमागी बिमारी हो । यो रोग प्राय उमेर बढी भएका व्यक्तिहरूमा लाग्ने गर्छ । यसका कारण व्यक्तिको सम्झन सक्ने क्षमता कम हुँदै जान्छ । एक अनुसन्धानमा यो पनि भनिएको छ की, जो व्यक्ति पढ्न तथा चेस लगायतका खेलमा व्यस्त रहन्छन् त्यस्ता व्यक्तिमा अल्जाइमर हुने सम्भावना कम हुन्छ । यसकारण अल्जाइमरको बिकारबाट बच्न पनि किताव पढ्नुपर्ने बिज्ञहरू सल्लाह दिन्छन् ।
तनाव हटाउ“छ – किताब पढ्नु मानिसमा रहेको तनाब हटाउने राम्रो उपाय हो । बेलायतमा भएको एक अनुसन्धान अनुसार राम्रा किताबहरूले तनाबमा रहेका मानिसहरूको हर्मोनको स्तर कम गर्न सहयोग गर्छ ।


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल