back
CTIZAN AD

किताब र स्वास्थ्य

वि.सं.२०७३ असोज २१ शुक्रवार

969 

shares

healthbook

किताब नियमित पढ्ने बानी स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । नियमित रुपमा पढ्नु भनेको ज्ञान हासिल गर्नुमात्र नभएर धेरै प्रकारका स्वास्थ्य समस्याबाट बच्नु पनि हो । पढ्नु दिमागको लागि राम्रो हुन्छ । रातमा सुत्नु भन्दा पहिले किताब पढ्ने बानीले निद्रा राम्रो लाग्छ । अल्जाइमर जस्ता भुल्ने बिमारबाट टाढा भइन्छ । आउनुहोस् जानौँ किताब पढ्नाले के के फाइदा हुँदा रहेछन त ?
के भन्छन् विज्ञहरू ?
स्कटल्याण्डमा भएको एक अनुसन्धानबाट पत्ता लागे अनुसार नाच्न, पढ्न र नाटक हेर्न मन पराउने मानिसहरूको स्वास्थ्य अत्यन्तै राम्रो पाइएको छ । अनुसन्धान अनुसार जसले १ वर्ष देखि निरन्तर पुस्तकालयमा किताव पढेको छ उनीहरूको स्वास्थ्य किताव नपढ्ने भन्दा २० प्रतिशत राम्रो पाइएको छ । अनसन्धानले यो पनि बताए अनुसार जसले पढ्नुलाई आफ्नो सोख मानेका छन् उनीहरूको स्वास्थ्य ३३ प्रतिशत राम्रो रहेको छ । त्यस्तै किताब पढ्ने बानीले व्यक्तिको लक्ष्य निर्धारण गर्न मद्दत गर्दछ । ज्ञानको स्तर बढाउनुका साथै व्यक्तिको तार्किक क्षमताको बृद्धि हुन्छ । त्यसैले आजैदेखि राम्रा किताबहरू पढ्ने बानी बसालौँ ।
खुसीले दिन बिताउनुस् :- कहिलेकाहिँ तपाई खाली हुनुहुन्छ भने कुनै राम्रो जीवनपयोगी किताब पढ्ने बानी बसाल्नुहोस् । किताब पढ्नाले तपाईलाई दिन गएको पत्तै हुँदैन र ज्ञान गुणको कुरा पनि सिक्न पाइन्छ ।
आनन्दस“ग सुत्नुहोस् – सुत्नुभन्दा अगाडि अबेरसम्म टिवी हेर्ने र कम्प्युटरमा काम गर्ने बानीले तपाईंको निद हराउँदै जाने डर हुन्छ । तर, सुत्नु भन्दा पहिले किताब पढ्ने बानी बसाल्नु भयो भने तपाईंलाई मिठो निद लाग्नेछ । त्यसकारण सुत्नु भन्दा पहिले किताबको पाना पल्टाउन नभुल्नुहोस् ।
किताब पढ्दाको फाइदा :-
स्मरणशक्ति बढ्छ :- पढ्ने मानिसहरूमा स्मरण शक्ति बढ्दै जान्छ । टिवी हेर्ने र कम्प्युटरमा बस्ने व्यक्तिभन्दा पढ्ने व्यक्तिहरूको दिमाग तेज हुन्छ । यसका साथै पढ्ने व्यक्तिहरूको सोच्ने र सम्झने क्षमता बढी हुन्छ ।
अल्जाइमरबाट बचाउ“छ :- अल्जाइमर एक प्रकारको दिमागी बिमारी हो । यो रोग प्राय उमेर बढी भएका व्यक्तिहरूमा लाग्ने गर्छ । यसका कारण व्यक्तिको सम्झन सक्ने क्षमता कम हुँदै जान्छ । एक अनुसन्धानमा यो पनि भनिएको छ की, जो व्यक्ति पढ्न तथा चेस लगायतका खेलमा व्यस्त रहन्छन् त्यस्ता व्यक्तिमा अल्जाइमर हुने सम्भावना कम हुन्छ । यसकारण अल्जाइमरको बिकारबाट बच्न पनि किताव पढ्नुपर्ने बिज्ञहरू सल्लाह दिन्छन् ।
तनाव हटाउ“छ – किताब पढ्नु मानिसमा रहेको तनाब हटाउने राम्रो उपाय हो । बेलायतमा भएको एक अनुसन्धान अनुसार राम्रा किताबहरूले तनाबमा रहेका मानिसहरूको हर्मोनको स्तर कम गर्न सहयोग गर्छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:२८ मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...