back
CTIZAN AD

गर्मी मौसममा स्वास्थ्यको ख्याल कसरी गर्ने ?

वि.सं.२०७३ असोज २१ शुक्रवार

3K 

shares

गर्मीको मौसम सुरु भएको छ । गर्मीको मौसममा शरीरमा आलस्यता बढ्नु, चक्कर लाग्नु, शरीरमा क्याल्सियमको कमी हुनु, मुर्छा पर्नु लगायतका समस्याको सामना गर्नुपर्ने हुन्छ । गर्मीमा धेरै मात्रामा पानी पिउनु पर्छ भन्ने सबैले जानेका छौँ । तर, त्यसबाहेक अरु के गर्दा शरीरमा फूर्ति बढ्छ आउनुहोस् जानौँ ।
मौषम अनुसारको खानपिन – मौसम अनुसारको खानपानले गर्मीबाट हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यस्तै शीतलताको लागि खर्बुजा प्रयोग गर्नु राम्रो मानिन्छ गर्मीमा । खर्बुजामा ९० प्रतिशत पानीको मात्रा हुने भएकोले यसलाई दैनिकरुपमा प्रयोगमा ल्याउन सकिन्छ । त्यस्तै हरियो तरकारी, मौसम अनुसारको फल र हल्का तथा रेशादार खानेकुरा खाँदा गर्मिका कारण शरीरमा बढेको तापमान कम गर्न सकिन्छ ।
सलाद – सलादमा ९५ प्रतिशत पानी हुने र प्रोटिनको मात्रा पनि बढी हुनु अनि सलादमा ओमेगा ३ फाइबर र क्याल्सुीयम समेत पाइने भएकोले गर्मीमा स्लाद खानु अत्यन्तै उत्तम मानिन्छ । स्लादमा फाइबरको मात्रा बढी हुने भएकोले यसले पाचनतन्त्रमा पनि सहयोग गर्छ ।
ब्रोकाउली – ब्रोकाउलीमा ८९ प्रतिशत पानी हुन्छ । यसले तपाईलाई गर्मीबाट बचाउन मद्दत गर्दछ ।
स्याउ – स्याउमा ८९ प्रतिशत पानी हुन्छ । स्याउ फाइबर, भिटामीन र धेरै मात्राका अन्य पोषकतत्वको राम्रो स्रोत मानिन्छ । त्यस्तै अनारले पानीको मात्रा पुरा गर्न सहयोग गर्दछ ।
चामलको भात – मानिसको स्वास्थ्यका लागि भात भन्दा बढी रोटी फाइदाजनक मानिन्छ । तर, स्वास्थ्यविज्ञहरूका अनुसार गर्मीमा भात पानीको राम्रो स्रोत मानिन्छ । भातले शरीरमा पानीको मात्रा पुरा गर्न सहयोग गर्दछ । भातमा आइरन, कार्बोहाइड्रेट र अन्य तत्व प्रचुरमात्रामा पाइन्छ ।
दही – गर्मीमा पानीको कमि पुरा गर्नका लागि दही अत्यन्तै फाइदाजनक मानिन्छ । दहीमा ८५ प्रतिशत पानीको मात्रा हुन्छ ।
हरिया तरकारीहरू – गर्मीको मौसममा लौका, करेला, फर्सी, काँक्रा, परवल, भिंडी र सागसब्जीहरू भान्सामा बढी प्रयोग गर्नुहोस ।
सरसफाइमा विशेष ध्यान दिनुहोस– गर्मीका कारण विभिन्न रोगको संक्रमण बढ्ने खतरा हुन्छ । त्यसकारण सरसफाइमा बिशेष ध्यान दिनुहोस् । गर्मीका बेला धेरै समय बाहिर नरहनुहोस् । शरीरमा पानी कम हुन नदिन बिशेष ध्यान दिनुहोस् ।
गर्मीमा के नगर्ने ?
खानामा धेरै मसला र तेल प्रयोग नगर्नुहोस् । बासी खानेकुरा नखानुहोस्, मासु कम खानु होस्, बाहिर निस्कदा पानी पिएर निस्कनुहोस् । सकेसम्म शरीरलाई कपडाले छोप्नुहोस् ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:२४ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...