
तपाईं जब आफूलाई सम्मान गर्नुहुन्छ तब अन्य मानिसहरूले तपाईंको सम्मान गर्छन् भन्ने विद्धानहरुको भनाई तपाईंले सुन्नु भएको होला ! तर, यस्तो कुरामा तपाईंले भने गम्भीरता लिनु भएको छैन् होला । हामीले धेरैपटक यो जान्दैनौं । त्यसैले आउनुहोस् जानौं त्यस्ता केही कुरा जो हामीले अपनाउँदा आफ्नो सम्मान हुन्छ ।
अरुको खुसीमा डाह नर्गनुहोस्
जब तपाईं अरुको खुसी देख्नुहुन्छ अनि डाह गर्न थाल्नुहुन्छ । यो डाहले यो कुरा बताइरहेको हुन्छ की तपाईं आफ्नो योग्यता र कौशलताप्रति विश्वास गर्नुहुन्न । वास्तवमा ती सफल हुने मान्छेहरूबाट तपाईंले प्रेरणा लिनुपर्ने हुन्छ । अनि यो सोँच्नु पर्छ, ती सफल व्यक्तिबाट तपाईंले के–कस्ता ज्ञान आर्जन गर्न सक्नुहुन्छ ?
स–साना कुरामा पनि झुट नबोल्नुहोस्
तपार्ईं प्राय अरु मानिसहरूसँग झुट बोल्नुहुन्छ । तपाईं अरुको अगाडि आफ्नो बढाइ चढाइ गर्न झुटको सहारा लिनु भयो भने तपाईं आफ्नै नजरबाट तल खस्नुहुन्छ । तपाईं केबल अरुबाट सम्मान पाउनका लागि झुट बोल्नु भयो भने यो सम्झनुस् तपाईं आफूलाई विश्वास गर्नुभएको छैन् ।
अरुको सम्बन्धमा आफूभन्दा राम्रो सोच्नु
यो सबैलाई थाहा भएकै कुरा हो, जुनकुरा हामीसँग छ त्यसको हामी इज्जत गर्न जान्दैनौं । यस्ता धेरै मानिसहरू हुन्छन् । जो अरुको सम्बन्धलाई मनभरी आश गरेर उसैको भरोसा गर्छौ । तपाईंलाई उनीहरूको सम्बन्ध आर्दश र आफ्नो जीवन बेकार पनि लाग्छ कहिलेकाहीँ । हामी जब आफ्नो सम्बन्धलाई इज्जत दिदैँनौ भने अरुको नजरमा हाम्रो सम्बन्ध कस्तो होला तपाईं आफै सोच्नुहोस् !
लेख्ने कोशिष गर्नुहोस्
ब्लग लेख्नुहोस् यात फेरि डायरीमा नै किन नहोस, लेख्ने बानी गर्नुहोस् । यसले मन शान्त हुन्छ अनि तपार्ईं निर्णय गर्न लायक बन्नुहुन्छ । तपाईंलाई लेख्न अत्यधिक मनपर्छ भने ब्लगमा लेखेर पैसा पनि कमाउन सक्नुहुन्छ ।
स–साना काममा पनि अरुको सल्लाह नलिनुस्
अरुको सल्लाह लिएर काम गर्नु धेरै राम्रो कुरा हो । तर, स– साना कुरामा पनि हामीले अरुको सल्लाह लिने बानी ग¥यौं भने यो बुझ्नुहोस् तपाईंमा निर्णय गर्ने क्षमता कम छ । अरुको सल्लाह धेरै लिनु भन्दा तपार्ईं आफैंमा यस्ता कुराहरूमा निर्णय लिने क्षमताको विकास गर्नुभयो भने आफूले गरेको निर्णयसँग सफलताका शिखरहरू चुम्न सक्नुहुनेछ ।
आफ्नो लागि समय निकाल्नुस्
तपाईं आफूलाई माया गर्नुहुन्छ, भने आफ्नो लागि समय निकाल्न जरुरी हुन्छ । केही मानिसहरू आफ्नो लागि समय निकाल्न जरुरी ठान्दैनन् । त्यसकारण जो व्यक्ति आफ्नो लागि समय निकाल्न सक्दैनन्, उनीहरू आफ्नो इज्जत गर्दैनन् भन्ने बुझ्न सकिन्छ ।
आफूलाई कमजोर नसोच्नुहोस्
केही मानिसहरूको बानी हुन्छ, आफैले गरेको कामप्रति गर्व गर्न नजान्नु । ती मानीसहरू हरेक कुरामा आफूलाई कमजोर ठान्ने गर्छन् । मैले केही गर्न सक्तिन भन्ने सोचाइ तीब्र बढेको हुन्छ, उनीहरूमा । उनीहरूलाई सधैं आफूभन्दा आफ्ना अगाडि रहेका र काम गर्नेहरू राम्रो मान्छन् अनि आफूभित्र कमजोरीहरू खोज्ने गर्छन् । यसो गरेर उनीहरू यो प्रमाणित गर्छन् की आफूभित्र कमजोरी रहेको छ ।
अध्ययन गर्ने बानी बसाल्नुहोस्
कहिलेकाहीँ मन शान्त गर्नका लागि सबैभन्दा उत्तम उपाय अध्ययन गर्नु हो । त्यसैले कुनै आफूलाई मनपर्ने किताब पढ्न सुरु गर्नुहोस । किनकी हामी आफ्नो लागि समय निकाल्न सक्तैनौं । तर, अध्ययन गर्नु धेरै राम्रो विकल्प हो । यसबाट धेरैकुरा सिक्न सकिन्छ । जीवनप्रति नयाँ र सकारात्मक सोचाइको विकास हुन सहयोग गर्छ, अध्ययनले ।
पर्वतारोहण गर्नुहोस्
मनको शान्तिका लागि सबैभन्दा राम्रो ठाउँ प्रकृतिको काख हो । मनमा छाएको अशान्ति हटाउनका लागि थोरै समय निकाल्नुहोस । आफ्नो ट्राभल्स व्याग उठाएर निस्कुनहोस् पहाडमा पर्वतारोहणका लागि ।
चिच्याउनुहोस र रुनुहोस्
जब तपाईं समस्यामा पर्नुहुन्छ । मनमा पीडा बोझ हुन्छ । त्यतिबेला एक्लै बसेर चिच्याउने र रुने गर्नुहोस् । यसले तपाईंको मनमा रहेको सबै बोझ र पीडाहरू बाहिर निस्कन्छ अनि तपाईंको मन शान्त हुन्छ ।
वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:२० मा प्रकाशित