back
CTIZAN AD

मधुमेह छ भने यसरी ख्याल गर्नुस शरिरको

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

sugar-patient

अहिलेको समयमा मधुमेह नहुने मानिसहरू कमै हुन्छन् । अस्तव्यस्त जीवनशैली नै मधुमेहको मुख्य कारण रहेको स्वास्थ्य तथा पोषण विज्ञहरूको राय भएपनि नेपालमा यो रोगका रोगीहरू प्रतिवर्ष बढीरहेका छन् । हाल नेपाल मात्रै नभएर संसारमै मधुमेहका रोगीहरूको संख्या बढ्दो छ । तर, जीवनशैली र आहार विहारमा परिवर्तन ल्याउन सके यो रोगलाई कम मात्रै होइन् पुरै नियन्त्रण गर्न पनि सकिन्छ । त्यसमा मधुमेहका रोगीहरूले धेरै ध्यान दिनुपर्ने हुन्छ । आउनुहोस् जानौँ के कस्ता आहारमा परिवर्तन ल्याउँदा मधुमेह कम गर्न सकिन्छ त ?
पाउरोटीको प्रयोग कम गर्नुस् – धेरैको भान्सामा बिहानको खाजामा ब्रेड (पाउरोटी) नै प्रयोग गरेको पाइन्छन् । तर, स्वस्थ व्यक्तिलाई जस्तो मधुमेहका रोगीहरूलाई भने यसले फाइदा गर्दैन् । यो मैदाबाट बनाइएकोले यो पचाउन गा¥हो हुने भएकाले शरीरमा चिनीले जस्तै काम गर्न थाल्छ । त्यसैले मैदाबाट बनेको सेतो पाउरोटीभन्दा ब्राउन ब्रेड प्रयोग गर्नु रोगीका लागि फाइदाजनक रहन्छ । नेपालमा कम मात्रामा प्रयोग गरिने कोदो र फापरबाट बनाइएको पाउरोटीहरू युरोप र अमेरिकाका हरेक भान्सामा प्रयोगमा आएको पाइन्छ ।
चकलेट र बिस्कुट कम खानुहोस– सम्भव हुन्छ भने, चक्लेट र बिस्कुट मधुमेहका रोगीले प्रयोग नगरेकै राम्रो हुन्छ । मधुमेहका रोगीहरूलाई चिनीबाट बनेका अन्य खाद्य पर्दाथहरू समेत खान रोक लगाउनुपर्छ । धेरै चीनी पाइने चक्लेट, बिस्कुट, लगायतका खाद्यपदार्थमा पोषकतत्व पाइदैँन । यसमा काब्रोहाइड्रेडको मात्रा कम हुने र रगतमा सुगरको मात्रा बढाइदिन्छ । साथै गुलीयो र मिठो मानिने भोजनले मोटोपन पनि बढाउँछ, जो मधुमेहका लागि खतरा मानिन्छ ।
केकजन्य चीजहरू सेवन नगर्नुहोस– मधुमेहका रोगीहरूले केकजन्य खाद्यपदार्थहरू नखानुनै राम्रो हुन्छ । किनकी केक बनाउने क्रममा सोडियम, चीनी लगायतका पदार्थको प्रयोग गरिन्छ । त्यसले रगतमा सुगरको मात्रा बढाउँछ । यसले इन्सुलिन क्रियालाई प्रभावित गर्नुका साथै हृदयघात समेत बढ्ने सम्भावना हुन्छ ।
डेरी उत्पादनहरू कम प्रयोग गर्नुहोस– मधुमेहका रोगीहरूले डेरीमा उत्पादन हुने खाद्य पर्दाथहरूको कम प्रयोग गर्दा राम्रो हुन्छ । डेरीमा उत्पादन गरिएका चीजहरूमा चिल्लो पर्दाथ बढी हुने भएकोले यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउछ । यसले इन्सुलिनको स्तर समेत कम गरिदिन्छ । त्यसैले डेरीमा उत्पादन हुने दूध, दही, पनीर लगायतका खाद्यवस्तुहरू कम उपयोग गर्नु नै फाइदाजनक हुन्छ ।
जंक फुड– जंक फुडले मानिसको मोटोपन बढाउछ । मधुमेहका रोगीहरूले मोटोपन नियन्त्रण गर्न जरुरी हुन्छ । जंक पूmड, फ्राइ गरिएको आलुचिप्स, फ्रेन्च फ्राइ आदि खानेकुराहरू खानु हुँदैन् । यीनिहरूको प्रयोगले कोलस्ट्रोलको मात्रा बढाउने हुनाले यहि नै मोटोपनको कारण बन्छ ।
तरकारी र फलफूल– मधुमेहका रोगीहरूले आलू, तरुल, सखरखण्ड, चुकन्दर तथा केरा, आप, अंगुरलगायतका फलफूल नखानु नै राम्रो हुन्छ । यसमा स्टार्च र काब्रोहाइड्रेड अत्यधिक मात्रामा हुने भएकोले यसले रगतमा सुगरको मात्रा बढ्ने सम्भावना बढी हुन्छ ।
मैदाजन्य खाद्यपर्दाथबाट बच्नुहोस्– मधुमेहका कारण शरीरले काब्रोहाइड्रेड पचाउन सक्तैन । जसका कारण तपाईंको शरीरमा सुगर तीब्र गतिमा बढ्ने गर्छ । यसकारण मधुमेहलाई नियन्त्रणमा राख्न सेतो चामल, पास्ता, पपकर्न र लगायतका मैदाबाट बन्ने खानाहरू प्रयोग नगर्दा राम्रो हुन्छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:१४ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...