Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

तपाइ धेरै बोल्नुहुन्छ ? त्यसो भए यसो गर्नुस्



think-before

समाजमा यस्ता धेरै प्रकारका मानिसहरू हुन्छन् । जो बोल्ने समयमा ख्याल गर्दैनन् । उनीहरूले बोलेको कुराले समाज, छिमेक र साथीभाइबीच कस्तो असर पारिरहेको हुन्छ भन्ने हेक्का उनीहरूले राख्दैनन् । त्यसैले तपाईमा पनि बढी बोल्ने बानी छ भने आउनुहोस् जानौँ यसबाट बच्न के गर्ने ।
निजी अनुभव अरुका सामु नखोल्नुहोस् :-
जब तपाईका साथी या नातेदार तपाईको घरमा पाहुना हुन आउँछन्, त्यतिबेला उनीहरूलाई आफ्नो नीजि कुराहरू नसुनाउनुहोस् । यसले तपाई तथा तपाईको घरभित्रको कमजोरी उनीहरूले थाहा पाउँछन् । त्यसैले जहाँ जरुरी हुन्छ त्यहाँमात्र आफ्नो नीजि कुराहरू बताउन राम्रो हुनेछ । जति जरुरी हुन्छ त्यतिमात्र बोल्नुहोस् धेरै मानिसहरू कुनै पनि विषयमा घण्टौँ कुरा गर्ने बानिका हुन्छन् । तर, उनीहरू सोच्ने गर्छन्, यस्ता कुरामा आफूलाई रमाइलो र अर्को व्यक्तिलाई आफ्ना कुरा रोचक लागिरहेको छ भन्ने । तर, त्यस्तो नभएर सुन्नेहरू तपाईको यस्तो बानीका कारण हैरान भएका हुन्छन् । यदि तपाई आफ्नो मात्र कुरा सुनाएर टाउको अर्कोतिर फर्काएर बस्नु हुन्छ भने त्यो गलत हुन्छ । त्यसलै अरुको कुरालाई पनि ध्यान दिएर सुन्नु उसको बोलीको सम्मान गरेको मानिन्छ ।
आफनो सामु रहेकाको प्रतिक्रिया बुझ्नुहोस् :-
धेरै कुरा गर्ने मानिसहरूसँग हरेक दिन मनमा नयाँ नयाँ कहानी बनिरहेको हुन्छ । यदि तपाईको छेउमा रहेको अर्को व्यक्तिले तपाईको बोलीमा कुनै प्रतिक्रिया जनाएको छैन भने बुझ्नुहोस् तपाई बढी बोलिरहनु भएको छ । यसैले त्यस्तो अवस्थामा धेरै बोल्नु भन्दा कुरा टुङ्ग्याउनु नै राम्रो हुन्छ, तपाईका लागि । अरुको बारेमा कुरा गर्नुहोस् धेरै मानिसहरूलाई आफ्नै बारेमा कुरा गर्न रमाइलो र विशेष लाग्छ । उनीहरूलाई केही मतलब हुँदैन आफ्नो सामुन्नेमा रहेको मानिसले त्यस कुरालाई रुचि लिएको छ या छैन भनेर । तर, तपाई आफ्नो बारेमा भन्दा अरुको बारेमा सकारात्क कुरा गर्नुभयो भने तपाईमा रहेको आफ्नो बारेमा मात्र एकोहोरो बोल्ने बानी विस्तारै हराउँदै जान्छ । आफ्नो बारेमा अरुलाई सोध्नुहोस् यदि तपाईमा रहेको बढी बोल्ने बानीलाई परिवर्तन गर्न चाहानुहुन्छ भने आफ्नो बारेमा अरुलाई सोध्नुहोस् । उनीहरूबाट तपाई प्रति जस्तो कुराहरू आएपनि त्यसलाई मनन गर्नुहोस् र विचार गर्नुहोस् अनि आफ्नो बानी बिस्तारै परिवर्तन गर्नुहोस् । तपाईले यो बुझ्न जरुरी छ की तपाई आफैले आफूलाई राम्रो भन्नु भन्दा अरुले राम्रो भनेको सहि हुन्छ भन्ने हाम्रो समाजको बुझाइ छ ।
आफ्नो कुरा आफैलाई सुनाउनुहोस् :-
कहिलेकाहिँ तपाई ऐनाको अगाडि उभिएर आफ्नो कुरा आफैलाई सुनाएर आफूलाई कस्तो लाग्छ महशुस गर्नु राम्रो हुन्छ । यदि तपाई थोरै समयमा नै आफ्नो बोलीबाट आफै आक्रोशित हुनुभयो भने अब सोच्नुहोस्, तपाईको बोली घण्टौँ सुन्न बाध्य हुनेलाई झन कस्तो असहज लाग्छ होला !
मनोविज्ञको सल्लाह लिनुस् :-
बढी बोल्ने बानीबाट छुट्कारा पाउन धेरै प्रयास गर्दा पनि सक्नु भएको छैन भने यसबारेमा तपाई मनोविज्ञसँग सल्लाह लिनुहोस् ।
बोल्नुभन्दा पहिले सोच्ने गर्नुहोस् :-
यदि तपाई यस्तो नियमलाई आफ्नो जीवनमा लागू गर्नुभयो भने धेरै बोल्नबाट बच्न सक्नुहुन्छ । र अरुका सामु प्रिय र भलाद्मी व्यक्तित्व बन्न सक्नुहुन्छ । नसोचिकन अरुको हरेक कुरामा प्रतिक्रिया जनाउनु तपाईको लागि घातक हुन सक्छ । बिचमा नबोल्नुहोस् यदि कोही व्यक्ति तपाईसँग कुरा गरिरहेको छैन यात फेरि तपाईलाई ध्यान दिएको छैन भने बीचमा बोल्ने बानीबाट बच्नुहोस् । तपाईको यस्तो बानीले अरुलाई समेत आक्रोसित बनाउँछ । यसकारण यस्तो गर्नबाट टाढा रहनुहोस् ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन