back
CTIZAN AD

तपाइ धेरै बोल्नुहुन्छ ? त्यसो भए यसो गर्नुस्

वि.सं.२०७३ असोज २१ शुक्रवार

891 

shares

think-before

समाजमा यस्ता धेरै प्रकारका मानिसहरू हुन्छन् । जो बोल्ने समयमा ख्याल गर्दैनन् । उनीहरूले बोलेको कुराले समाज, छिमेक र साथीभाइबीच कस्तो असर पारिरहेको हुन्छ भन्ने हेक्का उनीहरूले राख्दैनन् । त्यसैले तपाईमा पनि बढी बोल्ने बानी छ भने आउनुहोस् जानौँ यसबाट बच्न के गर्ने ।
निजी अनुभव अरुका सामु नखोल्नुहोस् :-
जब तपाईका साथी या नातेदार तपाईको घरमा पाहुना हुन आउँछन्, त्यतिबेला उनीहरूलाई आफ्नो नीजि कुराहरू नसुनाउनुहोस् । यसले तपाई तथा तपाईको घरभित्रको कमजोरी उनीहरूले थाहा पाउँछन् । त्यसैले जहाँ जरुरी हुन्छ त्यहाँमात्र आफ्नो नीजि कुराहरू बताउन राम्रो हुनेछ । जति जरुरी हुन्छ त्यतिमात्र बोल्नुहोस् धेरै मानिसहरू कुनै पनि विषयमा घण्टौँ कुरा गर्ने बानिका हुन्छन् । तर, उनीहरू सोच्ने गर्छन्, यस्ता कुरामा आफूलाई रमाइलो र अर्को व्यक्तिलाई आफ्ना कुरा रोचक लागिरहेको छ भन्ने । तर, त्यस्तो नभएर सुन्नेहरू तपाईको यस्तो बानीका कारण हैरान भएका हुन्छन् । यदि तपाई आफ्नो मात्र कुरा सुनाएर टाउको अर्कोतिर फर्काएर बस्नु हुन्छ भने त्यो गलत हुन्छ । त्यसलै अरुको कुरालाई पनि ध्यान दिएर सुन्नु उसको बोलीको सम्मान गरेको मानिन्छ ।
आफनो सामु रहेकाको प्रतिक्रिया बुझ्नुहोस् :-
धेरै कुरा गर्ने मानिसहरूसँग हरेक दिन मनमा नयाँ नयाँ कहानी बनिरहेको हुन्छ । यदि तपाईको छेउमा रहेको अर्को व्यक्तिले तपाईको बोलीमा कुनै प्रतिक्रिया जनाएको छैन भने बुझ्नुहोस् तपाई बढी बोलिरहनु भएको छ । यसैले त्यस्तो अवस्थामा धेरै बोल्नु भन्दा कुरा टुङ्ग्याउनु नै राम्रो हुन्छ, तपाईका लागि । अरुको बारेमा कुरा गर्नुहोस् धेरै मानिसहरूलाई आफ्नै बारेमा कुरा गर्न रमाइलो र विशेष लाग्छ । उनीहरूलाई केही मतलब हुँदैन आफ्नो सामुन्नेमा रहेको मानिसले त्यस कुरालाई रुचि लिएको छ या छैन भनेर । तर, तपाई आफ्नो बारेमा भन्दा अरुको बारेमा सकारात्क कुरा गर्नुभयो भने तपाईमा रहेको आफ्नो बारेमा मात्र एकोहोरो बोल्ने बानी विस्तारै हराउँदै जान्छ । आफ्नो बारेमा अरुलाई सोध्नुहोस् यदि तपाईमा रहेको बढी बोल्ने बानीलाई परिवर्तन गर्न चाहानुहुन्छ भने आफ्नो बारेमा अरुलाई सोध्नुहोस् । उनीहरूबाट तपाई प्रति जस्तो कुराहरू आएपनि त्यसलाई मनन गर्नुहोस् र विचार गर्नुहोस् अनि आफ्नो बानी बिस्तारै परिवर्तन गर्नुहोस् । तपाईले यो बुझ्न जरुरी छ की तपाई आफैले आफूलाई राम्रो भन्नु भन्दा अरुले राम्रो भनेको सहि हुन्छ भन्ने हाम्रो समाजको बुझाइ छ ।
आफ्नो कुरा आफैलाई सुनाउनुहोस् :-
कहिलेकाहिँ तपाई ऐनाको अगाडि उभिएर आफ्नो कुरा आफैलाई सुनाएर आफूलाई कस्तो लाग्छ महशुस गर्नु राम्रो हुन्छ । यदि तपाई थोरै समयमा नै आफ्नो बोलीबाट आफै आक्रोशित हुनुभयो भने अब सोच्नुहोस्, तपाईको बोली घण्टौँ सुन्न बाध्य हुनेलाई झन कस्तो असहज लाग्छ होला !
मनोविज्ञको सल्लाह लिनुस् :-
बढी बोल्ने बानीबाट छुट्कारा पाउन धेरै प्रयास गर्दा पनि सक्नु भएको छैन भने यसबारेमा तपाई मनोविज्ञसँग सल्लाह लिनुहोस् ।
बोल्नुभन्दा पहिले सोच्ने गर्नुहोस् :-
यदि तपाई यस्तो नियमलाई आफ्नो जीवनमा लागू गर्नुभयो भने धेरै बोल्नबाट बच्न सक्नुहुन्छ । र अरुका सामु प्रिय र भलाद्मी व्यक्तित्व बन्न सक्नुहुन्छ । नसोचिकन अरुको हरेक कुरामा प्रतिक्रिया जनाउनु तपाईको लागि घातक हुन सक्छ । बिचमा नबोल्नुहोस् यदि कोही व्यक्ति तपाईसँग कुरा गरिरहेको छैन यात फेरि तपाईलाई ध्यान दिएको छैन भने बीचमा बोल्ने बानीबाट बच्नुहोस् । तपाईको यस्तो बानीले अरुलाई समेत आक्रोसित बनाउँछ । यसकारण यस्तो गर्नबाट टाढा रहनुहोस् ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०४:०४ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...