back
CTIZAN AD

यसरी बढाउनुस स्मरणशक्ति

वि.सं.२०७३ असोज २१ शुक्रवार

972 

shares

smaranshakti

ढल्दो उमेरसँगै मानिसको सम्झन सक्ने क्षमतामा कमि आउनु स्वभाविक प्रक्रिया मानिन्छ । तर कम उमेरमै सम्झना शक्तिमा कमजोरीपन आउनु हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न तत्वहरूको कमि हुन सक्छ । कामको बोझ, अनियमित जीवनशैलीका कारण शारीरिक स्वास्थ्यमा मात्र नभएर मानसिक स्वास्थ्यमा पनि असर पारेको हुन्छ । व्यायाम नगर्नु, नीद पुरा नहुनु, बाहिरी खाना तथा जंकफुडको अत्यधिक प्रयोग गर्नु पनि स्मरण शक्तिलाई असर गर्ने कारक हुन् । त्यसैले हामीले खानेकुरामा विचार पु¥याउन सके स्मरणशक्तिलाई चुस्त– दुरुस्त राख्न सकिन्छ । जानौँ ती टिप्स ः–
फलफूल – फलफूलमा फाइवर एंटी अक्सिडेन्ट भरपुर पाइने हुनाले स्मरणशक्ति बढाउनका लागि अत्यन्तै उपयोगी हुन्छ । स्याउ, सुन्तला, व्लुवेरी लगायतका फलको सेवनले स्मरणशक्ति बढाउन मद्दत गर्दछ ।
जैतुनको तेलः स्मरण शक्ति बढाउनका लागि जैतुनको तेल पनि उपयुक्त हुन्छ । यसले रक्तनलीमा आफ्नो सक्रियता बढाउने हुनाले यसको उपयोग गर्नु फाइदाजनक हुन्छ ।
बदामः बदाममा हुने पोषक तत्व स्मरणशक्ति बढाउनका लागि लाभदायक हुन्छ । आर्युवेद शास्त्रका अनुसार प्रतिदिन भिजाएर ५ दाना बदाम खानाले स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।
मेहन्दी : मेहन्दीको पातमा यति शक्ति हुन्छ की यसले गुमेको स्मरणशक्ति समेत बढाउँछ । यसको गन्धमा कारोनेसिक एसिड पाइने हुनाले यसले दिमागको मांसपेसीलाई उत्तेजित गरी स्मरण शक्ति बढाउन सहयोग गर्दछ ।
हरियो तरकारी : स्मरण शक्ति बढाउनका लागि हरियो तरकारीले धेरै सहयोग गर्दछ । स्मरण शक्ति बढाउनका लागि खानामा भेन्टाको प्रयोग अति उत्तम हुन्छ । भान्टामा पाइने पोषकतत्वले मस्तिष्कको टिसुलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । चुंकदर र प्याजले पनि स्मरण शक्ति बढाउँछ । जसमा बिर्सने समस्या छ उसले अत्यधिक हरियो सागसब्जीको प्रयोग नियमित गरे यसलेस्मरणशक्ति फर्काउन मद्दत पनि गर्दछ ।
माछा : माछालाई ब्रेन फुड पनि भनिन्छ । माछाको तेलमा ओमेगा फ्याटी एसिड पाइने हुनाले यसले स्मरणशक्ति बढाउन मद्दत गर्दछ । माछामा पाइने तेलमा पोषक तत्व हुने भएकाले यसले स्मरण शक्ति बढाउनुका साथै जवान राख्न पनि मद्दत गर्दछ ।
त्यस्तै अन्य उपाय
-बिहान उठेर नुहाउने बानी गर्नुहोस् ।
-समयमै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुहोस ।
-मर्निङ वार्क, व्यायाम, योगा र प्राणयाम गर्नुहोस् ।
-कुनै विषयमा ध्यान दिनु, गम्भीर भएर सोच्नु र एकाग्र मन बनाउनु उत्तम हुन्छ ।
-खानामा तरकारी, फलफूल, दूध, दलिया, पालक, टमाटर, मुला, मेवा, अमला, दही, केरा, लौका, बन्दागोभी, काक्रा, खरबुजा आदि ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०३:३४ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...