Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

यसरी बढाउनुस स्मरणशक्ति



smaranshakti

ढल्दो उमेरसँगै मानिसको सम्झन सक्ने क्षमतामा कमि आउनु स्वभाविक प्रक्रिया मानिन्छ । तर कम उमेरमै सम्झना शक्तिमा कमजोरीपन आउनु हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न तत्वहरूको कमि हुन सक्छ । कामको बोझ, अनियमित जीवनशैलीका कारण शारीरिक स्वास्थ्यमा मात्र नभएर मानसिक स्वास्थ्यमा पनि असर पारेको हुन्छ । व्यायाम नगर्नु, नीद पुरा नहुनु, बाहिरी खाना तथा जंकफुडको अत्यधिक प्रयोग गर्नु पनि स्मरण शक्तिलाई असर गर्ने कारक हुन् । त्यसैले हामीले खानेकुरामा विचार पु¥याउन सके स्मरणशक्तिलाई चुस्त– दुरुस्त राख्न सकिन्छ । जानौँ ती टिप्स ः–
फलफूल – फलफूलमा फाइवर एंटी अक्सिडेन्ट भरपुर पाइने हुनाले स्मरणशक्ति बढाउनका लागि अत्यन्तै उपयोगी हुन्छ । स्याउ, सुन्तला, व्लुवेरी लगायतका फलको सेवनले स्मरणशक्ति बढाउन मद्दत गर्दछ ।
जैतुनको तेलः स्मरण शक्ति बढाउनका लागि जैतुनको तेल पनि उपयुक्त हुन्छ । यसले रक्तनलीमा आफ्नो सक्रियता बढाउने हुनाले यसको उपयोग गर्नु फाइदाजनक हुन्छ ।
बदामः बदाममा हुने पोषक तत्व स्मरणशक्ति बढाउनका लागि लाभदायक हुन्छ । आर्युवेद शास्त्रका अनुसार प्रतिदिन भिजाएर ५ दाना बदाम खानाले स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।
मेहन्दी : मेहन्दीको पातमा यति शक्ति हुन्छ की यसले गुमेको स्मरणशक्ति समेत बढाउँछ । यसको गन्धमा कारोनेसिक एसिड पाइने हुनाले यसले दिमागको मांसपेसीलाई उत्तेजित गरी स्मरण शक्ति बढाउन सहयोग गर्दछ ।
हरियो तरकारी : स्मरण शक्ति बढाउनका लागि हरियो तरकारीले धेरै सहयोग गर्दछ । स्मरण शक्ति बढाउनका लागि खानामा भेन्टाको प्रयोग अति उत्तम हुन्छ । भान्टामा पाइने पोषकतत्वले मस्तिष्कको टिसुलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । चुंकदर र प्याजले पनि स्मरण शक्ति बढाउँछ । जसमा बिर्सने समस्या छ उसले अत्यधिक हरियो सागसब्जीको प्रयोग नियमित गरे यसलेस्मरणशक्ति फर्काउन मद्दत पनि गर्दछ ।
माछा : माछालाई ब्रेन फुड पनि भनिन्छ । माछाको तेलमा ओमेगा फ्याटी एसिड पाइने हुनाले यसले स्मरणशक्ति बढाउन मद्दत गर्दछ । माछामा पाइने तेलमा पोषक तत्व हुने भएकाले यसले स्मरण शक्ति बढाउनुका साथै जवान राख्न पनि मद्दत गर्दछ ।
त्यस्तै अन्य उपाय
-बिहान उठेर नुहाउने बानी गर्नुहोस् ।
-समयमै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुहोस ।
-मर्निङ वार्क, व्यायाम, योगा र प्राणयाम गर्नुहोस् ।
-कुनै विषयमा ध्यान दिनु, गम्भीर भएर सोच्नु र एकाग्र मन बनाउनु उत्तम हुन्छ ।
-खानामा तरकारी, फलफूल, दूध, दलिया, पालक, टमाटर, मुला, मेवा, अमला, दही, केरा, लौका, बन्दागोभी, काक्रा, खरबुजा आदि ।


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल