back
CTIZAN AD

स्वदेशले हामीलाई चिन्यो,अब हामीले स्वदेशलाई चिनाऔ

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.9K 

shares

ram-pratap-thapa

नेपालबाट विदेश जाने क्रममा कमि आएको छैन । ज्ञान आर्जन, रोजगारी लगायतका अवसरको खोजीमा विदेश जानुपर्ने नेपालीको बाध्यता छ । तर, विदेश जहाँ गए पनि कसैले आफ्नो देशलाई बिर्सन सक्दैन । त्यसैले त आर्जित ज्ञान, सीप र पूँजी कसरी जन्मभूमिमा लैजान सकिन्छ ?, अधिकांशका मनमा यही प्रश्न उठिरहेको हुन्छ । यसको ज्वलन्त प्रमाण नेपाल भित्रिरहेको ठूलो मात्राको रेमिट्यान्स हो । पैसा मात्र होइन, ज्ञान, सीप र नयाँ नयाँ व्यवसायसहित फर्किने नेपालीहरूको संख्या पनि बढ्दो छ । विदेशमा राम्रो कमाइ गर्ने नेपालीले स्वदेशमा संचार, जलविद्युत बैंक तथा वित्तीय, पर्यटनजस्ता क्षेत्रमा अर्बौं लगानी गरेका छन् । विदेशमा लगानीका अवसर नभएर होइन, देशको मायाले पूँजी, ज्ञान र सीप लिएर उनीहरू नेपाल गएका हुन् ।

छिमेकी देशहरूमा हेर्यौँ भने आप्रवासी नागरिकबाट ठूलो मात्रामा लगानी भित्रिएको छ भने ती देशलाई विकसित बनाउन ती नागरिकको महत्वपूर्ण भूमिका छ । चीनमा पहिले लगानी भित्र्याउने आप्रवासी चिनियाँहरू नै थिए । भारतको बैंग्लोरलाई सूचना क्रान्तिको नमुना सहर बनाउने विदेशमा ज्ञान, सीप र धन कमाएका भारतीयहरू नै हुन् । जापानको अर्थतन्त्रमा पनि विदेशबाट सिकेर आउनेको योगदान निकै ठूलो छ । थुप्रै देशमा यस्ता उदाहरण छन् । यदि संसारभरि फैलिएका नेपालीको सीप र पूँजीलाई परिचालन गर्ने हो भने नेपाल पनि केही वर्षभित्रै यस्तो उदाहरण बन्न सक्छ । नेपालीहरूले विदेशमा स्थापित हुने क्रममा त्यहाँको नागरिकता लिनु एक किसिमको बाध्यता नै हो । विदेशको नागरिकता नलिँदा उर्जाशील उमेरमा जति काम गरे पनि बुढेसकालमा पेन्सन नपाउने, छोराछोरीको शिक्षादीक्षा एवम् समान अवसर आदिबाट वञ्चित हनुपर्ने विवशताको सामना गर्नुपर्छ । विदेशको नागरिकता लिनेबित्तिकै मातृभूमिसँग सबैखाले सम्बन्ध सकिएझैँ नेपालको नागरिकता त्याग्नुपर्ने प्रावधानप्रति विदेशमा रहने नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरुदेखि नै गम्भीर चासो राख्दै आएको छ ।

सन् २००३ मा लण्डन बैठकसँगै नागरिकता निरन्तरताको विषयले एनआरएनएमा औँपचारिक प्रवेश पाएको हो । त्यसयता निरन्तर रूपमा यसलाई अभियानको प्रमुख एजेण्डाका रूपमा उठाइयो । सन् २००८ मा नागरिकता प्राप्तिको संघर्षलाई मूर्तरूप दिन कार्यदल गठन गरियो र नागरिकता निरन्तरताको सवाललाई नयाँ संविधानमा समेट्न औपचारिक तथा अनौपचारिक प्रयत्नहरू भए । संयोगले कायर्दलको संयोजक सुरुदेखि नै लेखक स्वय् रहँदै आएको छ । हातमा विदेशी पासपोर्ट तर मनभरि नेपाल बोकेका प्रवासी नेपालीले सधंैँ नेपाललाई शान्त र समृद्ध बनाउने अठोट लिएका छन् । त्यसैले एउटा देशको नागरिकता लिनु भनेको अर्को देश पूर्ण त्याग्नु होइन । ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने एनआरएनएको मान्यता नारामा मात्र नभई व्यवहारबाटै चरितार्थ गरिसकेका छन् । आफ्नो देशसँग माग्ने होइन, देशको लागि हामीले सकेको गर्नुपर्दछ भनेर विश्वभरका नेपाली एनआरएनएमा आबद्ध भई मन खोलेर योगदान गर्दै आएका छन् । त्यसैले हामीहरूले नेपालसँग नागरिकता माग्नुको अर्थ भइरहेको नेपाली पहिचान गुमाउनुनपरोस् भन्ने मात्र हो । प्रष्ट बुझाइका साथ हामीले सम्बन्धित व्यक्ति र समुदायका बीचमा तर्क राख्दै गयांैँ । र यो विषय एक हदसम्म सबैको लागि स्वीकार्य बन्न पुग्यो ।

हालै संविधानसभाबाट जारी नेपालको संविधान २०७२ को भाग २ को धारा १४ मा यो विषय उल्लेख भइछाड्यो । जसमा “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेका साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने छ ।” भन्ने उल्लेख छ ।
संविधानमा यो व्यवस्था उल्लेख भएसँगै एनआरएनए स्थापनादेखिको प्रमुख चाहना र विश्वका नेपालीहरूको व्यवहारिक आवश्यकता पुरा भएको छ । दशकभन्दा लामो समयदेखि गरेको प्रयत्नको उपलब्धि हासिल भएको छ । तर संविधानमा गरिएका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि नागरिकता ऐनमा एनआरएनए मैत्री प्रावधानको आवश्यकता छ ।
हुनत जति हाम्रो अपेक्षा थियो, त्यसमा केही कमि रहेको छ । यसअघि गैरआवासीय नेपाली ऐनले नेपालीलाई चिन्ने कोशिस गर्यो भने संविधानले गैरआवासीय नेपालीलाई सम्बोधन गरेपछि यसको महत्व गुणात्मक रूपले धेरै बढेको छ । यसअघि विदेशी नागरिकता लिन योग्यता पुगेका धेरै नेपाली, खासगरी गोर्खाली सेनामा कार्यरत नेपाली र तिनका परिवारले नेपालमा भएको आफ्नो पुख्यौँली सम्पत्ति बेचेर विदेशमा लगानी गर्न बाध्य हुनु परेको थियो । अब यस संविधानअनुसार ती समस्याहरू झेल्नुपर्ने छैन । नेपालमा रहेका नागरिकसरह नै हामी विदेशमा रहेका नेपाली नागरिक पनि हुने भएका छौँ । किनभने, नागरिकता शब्दसँग नागरिकका मौलिक हक तथा अधिकार अभिन्न रूपले गाँसिएका हुन्छन् । तसर्थ ‘एक पटकको नेपाली नागरिक सधैँको नेपाली नागरिक’ भन्न सक्ने अवस्थामा हामी पुगेका छौँ । र अहिलेको मात्रै होइन पुस्तौँ पुस्ता सम्मका एनआरएनहरूको नेपालसँगको सम्बन्ध कायम राख्ने प्रमुख कडीको रूपमा यो रहेको छ ।
स्वदेशलाई दिन ढोका खुल्ला संविधानले नै एनआरएनको प्रमुख मुद्दा नागरिकतालाई सम्बोधन गरिसके पछि विदेशमा बस्ने नेपालीलाई आफ्नो जन्मभूमिमा सीप, ज्ञान र धन लिएर आउने सहज बाटो खुलेको छ । हामी जहाँ रहे पनि मेरो देश नेपाल हो, आफ्नै देशको लागि केहि गर्नुपर्दछ भन्ने भावनामा टेको दिएको छ । यो एउटा गर्व गर्ने विषय पनि हो । विदेशबाट आफू आउने मात्र होइन, पर्यटन प्रबर्धन, निकासी व्यापार बिस्तारलगायत धेरै क्षेत्रमा आप्रवासी नेपाली सक्रिय हुन सक्छन् । देशको सद्भावनादूतका रूपमा काम गर्न सक्छन् । साथै, वैधानिक रूपमा त्यहाँका सरकार र नागरिकसँग नेपालको पक्षमा बहुआयामिक लबिङ पनि गर्न सक्छन् । यसबाट नेपाललाई फाइदा बाहेक केही छैन । कहिँ पनि बेफाइदा छैन । जुनकुरा अब हामीले प्रमाणित गरेर देखाउने बेला आएको छ ।
संसारमा पुगेर आफ्नो पौरखमा धन, विद्या, बुद्धि आर्जन गरिरहेका नेपाली र तिनका सन्तति नेपालप्रति बफादार भइरहन सके नेपाल कमजोर होइन, समृद्ध बन्छ भन्ने हामीले भन्दै आएको यो मान्यतालाई स्थापित गराउनुपर्ने बेला आएको छ । त्यसलाई जीवन्तता दिनुपर्नेछ । तीव्र गतिले आर्थिक वृद्धि गरिरहेका दुई छिमेकी मुलुकहरूबीच राष्ट्रियताको जगेर्ना गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न देशभित्र वा बाहिर जहाँ बसेका भएपनि सबै नेपालीलाई एकजुट गर्नु पर्ने समयको आवश्यकता भएको छ । त्यसैले प्रण गरौँ, अब हामी विश्वमा बस्ने र स्वदेशमा बस्ने सबै नेपाली भावनाले मात्रै होइन, वैधानिक रुपमा पनि एक भएका छौँ । अब हामीले यही एकतालाई देश विकासमा केन्द्रीतकृत गरौँ । र, राष्ट्र निर्माणको हिस्सेदार बनौँ ।
(लेखक, गैरआवासीय नेपाली संघका संस्थापक, पूर्वप्रमुख संरक्षक तथा संघद्वारा गठित नेपाली नागरिकताको निरन्तरतासम्बन्धी कार्यदलका संयोजक हुनुहुन्छ ।)

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:२७ मा प्रकाशित

कास्की २ मा ३१ हजार बढी मत ल्याएर रास्वपाका पौडेल विजयी

कास्की २ मा ३१ हजार बढी मत ल्याएर रास्वपाका पौडेल विजयी

गण्डकी । प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा...

दैलेख १ बाट कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख १ बाट कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

दैलेख । दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार...

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...