back
CTIZAN AD

घरघरमै पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न सुरु

वि.सं.२०७३ असोज २७ बिहीवार

1.1K 

shares

२७ असोज, रत्ननगर (चितवन) । रत्ननगर नगरपालिकाका घरघरमै पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न प्रक्रिया सुरु भएको छ ।

बालश्रममुक्त नगर बनाउन यहाँका घरघरमा पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न लागिएको रत्ननगर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
रत्ननगरका करिब २१ हजार घरधुरीमा पुगेर बालबालिकाको सङ्ख्या, स्वास्थ्य अवस्था, श्रमिक बालबालिकाको सङ्ख्या तथा हालको अवस्थाबारे जानकारी लिन सर्वेक्षण थालिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो ।

युनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा बालश्रममुक्त नगर बनाउनका लागि वडा नं १४, १५ र १६ मा छलफल समेत भएको विसुरालले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाका सामुदायिक शाखा प्रमुख तेजेन्द्रनाथ लामिछानेले बालश्रम न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिँदै सर्वेक्षणपछि अवस्था पत्ता लाग्ने र बालश्रम न्यूनीकरणमा योजना बनाउन सहयोग मिल्ने बताउनुभयो ।

बालमैत्री स्थानीय शासन अन्तगर्त नै सहरी अनौपचारिक बाल शिक्षा अन्तर्गत १०० भन्दा बढी रत्ननगरका बालबालिकालाई शिक्षा प्रदान गरिएको जनाइएको छ ।

चितवनको भरतरतपुर र रत्ननगर लगायत क्षेत्रमा झन्डै दुईदेखि तीन हजारको हाराहारिमा बालश्रमिक रहेको अनुमान छ ।

बालश्रम ऐन २०५६ अनुसार १४ वर्ष नपुगेकालाई श्रमिकको रुपमा काम लगाउन नहुने, १४ देखि १६ वर्ष सम्मका बालबालिकालाई साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन नपाउने नियम भए पनि जिल्लामा यो लागू हुनसकेको छैन । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:०५ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...