२७ असोज,भीमदत्तनगर । घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ ।
गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताउनुभयो ।
उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याउँदा बाटोमै मृत्यु भएको थियो ।
त्यसैगरी मोटरसाइकलले ठक्कर दिंदा भीमदत्तनगरपालिका– २ उल्टाखामाका साइकलमा सबार कालुराम चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
से २ प ९०६१ नं को मोटरसाइकलले पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिका– १३ दैजी क्षेत्रमा ठक्कर दिंदा घाइते भएका साइकलयात्री चौधरीको मङ्गलबार उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस