back

तालबाराहीमा कोजाग्रत पूर्णिमा मेला

वि.सं.२०७३ असोज २९ शनिवार

885 

shares
IME Limited
NTC AD

२९ असोज,पोखरा  । प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा(कोजाग्रत पूर्णिमा)का दिन अत्याधिक दर्शनार्थी आउने भएका कारण आज लाग्ने मेलालाई कोजाग्रत पूर्णिमा मेलाका रुपमा लिने गरिएको छ । तालबाराही मन्दिर संरक्षण समितिका पूर्वसदस्य महेन्द्र श्रेष्ठका अनुसार मेलामा सहभागी हुन र तालबाराहीको दर्शन गर्न आजको दिन वर्षभरिमा नै सबैभन्दा बढी मानिस आउने गरेका छन् ।

प्राचीनकालदेखि नै कोजाग्रत पूर्णिमाका दिन अत्याधिक दर्शनार्थी आउने गरेका कारण बिहान सबेरैदेखि बेलुकासम्म डुङ्गा व्यवसायीलाई भ्याइनभ्याइ हुने गरेको छ ।

फेवातालको बीच भागमा मन्दिर रहेको र तालमा माछापुच्छे«को छाया देखिने भएका कारण मन्दिर धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा आकर्षण बन्दै गएको छ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन घर घरमा जमरा सेलाउने प्रचलन छ । रासस

वि.सं.२०७३ असोज २९ शनिवार ०३:०५ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...