back
CTIZAN AD

तालबाराहीमा कोजाग्रत पूर्णिमा मेला

वि.सं.२०७३ असोज २९ शनिवार

1.3K 

shares

२९ असोज,पोखरा  । प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा(कोजाग्रत पूर्णिमा)का दिन अत्याधिक दर्शनार्थी आउने भएका कारण आज लाग्ने मेलालाई कोजाग्रत पूर्णिमा मेलाका रुपमा लिने गरिएको छ । तालबाराही मन्दिर संरक्षण समितिका पूर्वसदस्य महेन्द्र श्रेष्ठका अनुसार मेलामा सहभागी हुन र तालबाराहीको दर्शन गर्न आजको दिन वर्षभरिमा नै सबैभन्दा बढी मानिस आउने गरेका छन् ।

प्राचीनकालदेखि नै कोजाग्रत पूर्णिमाका दिन अत्याधिक दर्शनार्थी आउने गरेका कारण बिहान सबेरैदेखि बेलुकासम्म डुङ्गा व्यवसायीलाई भ्याइनभ्याइ हुने गरेको छ ।

फेवातालको बीच भागमा मन्दिर रहेको र तालमा माछापुच्छे«को छाया देखिने भएका कारण मन्दिर धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा आकर्षण बन्दै गएको छ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन घर घरमा जमरा सेलाउने प्रचलन छ । रासस

वि.सं.२०७३ असोज २९ शनिवार ०३:०५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...